परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उनीहरुबीच नेपाल–बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटवार्तामा दुवै पक्षबीच पछिल्लो समय विस्तार हुँदै गएको नेपाल–बेलायत द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो । विशेषगरी नेपालमा हालै आएको विनाशकारी विपद्पछिको पुनरुत्थान तथा पुनर्निर्माणमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

मन्त्री खनालले नेपालले विपद्पछिको उद्धार, राहत, पुनः स्थापना र पुनर्निर्माणका काम अघि बढाइरहेका सन्दर्भमा अन्तरराष्ट्रिय साझेदारी र सहयोगको महत्त्व रहेको बताए । दुवै पक्षले नेपाल–बेलायतबीच विद्यमान सहयोगलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ११ : १८ बजे

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै