वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’  « Khabarhub

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले नगरवासीहरूलाई घरको फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ । 

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महानगरले निरन्तरको वर्षाका कारण फोहोर ढुवानी गर्ने सडक तथा ल्याण्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेकाले विसर्जन कार्यमा गम्भीर असहजता उत्पन्न भएको जनाएको हो । 

सूचनामा केही समयका लागि फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने भएकाले महानगरवासी, घरधनी, व्यवसायी र सम्बन्धित सबैलाई आफ्नो घर, पसल तथा कम्पाउण्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल वा खोला-नाला जस्ता खुला स्थानमा नफाल्न आग्रह गरिएको छ ।

फोहोर संकलन सेवा नियमित नहुञ्जेलसम्म सम्भव भएसम्म फोहोरलाई आफ्नै घर वा परिसरभित्रै सुरक्षित रूपमा राख्न तथा सड्ने (जैविक) र नसड्ने फोहोर छुट्ट्याएर व्यवस्थापन गर्न महानगरले निर्देश गरेको छ । 

सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्ने भएकाले विशेष सावधानी अपनाउन आह्वान गरिएको छ ।

मौसममा सुधार आई वर्षा रोकिने र ल्याण्डफिल साइटको अवस्था सामान्य हुनासाथ फोहोर संकलन तथा ढुवानी सेवा पुनः नियमित रूपमा सुचारु गरिने वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १२ : २० बजे

चीनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत

धौलीगङ्गा जलविद्युतका बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः

चितवनको कुरिनटारमा रोकिएका मालवाहक सवारी

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको कुरिनटारमा मालवाहक सवारी रोकिएका

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको