प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित « Khabarhub

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिकूल मौसमका कारण देशभरका केही विमानस्थलमा हवाई उडान प्रभावित भएको छ।

 विशेषगरी कम दृश्यताका कारण तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलमा निर्धारित उडान तालिका प्रभावित भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ। भरतपुरका लागि बुद्ध एयरका तीन उडानसमेत रद्द भइसकेका छन्।

पोखरा विमानस्थलमा भने मौसम अनुकूल हुने प्रतीक्षामा केही उडान ढिला भएका छन्। 

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने हाल सामान्य रूपमा सञ्चालन भइरहेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : २८ बजे

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा