ढोरपाटनमा सिकार याम सुरु, दश नाउर र सात झारलका लागि अनुमति « Khabarhub

ढोरपाटनमा सिकार याम सुरु, दश नाउर र सात झारलका लागि अनुमति


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । असोजदेखि मङ्सिरसम्मको यस वर्ष याममा १० नाउर र सात  झारलको सिकार गरिने छ । 

ढोरपाटनमा सिकार खेल्न अनुमति प्राप्त विदेशका सिकारी नेपाल आउन वन्यजन्तु विभागअन्तर्गत ठेक्का पाएका कम्पनीसँग तरखर गरी समन्वय गरी रहेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । विश्वका धनाश्य र सिकारका पारखी सिकारी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् ।

विगत केही दशकदेखि खासगरी रसियन, अमेरिका, स्पेन, डेनिस, अफ्रिकन र फ्रान्सलगायतका देशबट सिकार खेल्न नेपाल आउने गरेको पाइन्छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रतिस्पर्धाबाट सिकार गराउन विभिन्न कम्पनीसँग गत भदौमा दरभाउ पत्र आह्वान गरेको थियो ।
 
ढोरपाटन सिकार आरक्षमा गत वर्ष दुई याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो । त्यसबाट रु चार करोड १७ लाख राजस्व सङ्कलन भयो । यस वर्षको पहिलो याममा राजस्व बुझाउने काम भइरहेको छ । 
 
गत वर्ष एउटै नाउरको २० लाख मूल्य कायम भएको जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत बरालले यो वर्ष आरक्षभित्र रहेका नाउर र झारलको गणना गरिने  जानकारी दिए । 

विदेशी सिकारी हेलिकप्टरमार्फत सिधैँ सिकार आरक्षण क्षेत्रमा पुग्ने गरेका छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक कायम गरिएको छ ।

सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिनेछन् । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दैआएको छ । विदेशी सिकारी समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेल्नुपर्ने छ ।

विभागका अनुसार दोस्रो याम फागुनदेखि वैशाखसम्मका लागि सिकार गर्न अनुमति प्रदान गरिने छ । विसं २०४४ मा स्थापित आरक्षण पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । आरक्ष कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा रहेको छ ।

गत वर्षमा ढोरपाटन सिकार आरक्षमा क्षेत्रमा ३७ हजार आन्तरिक र बाह्य पर्यटक अवलोकनका लागि पुगेको आरक्ष कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : ३४ बजे

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा