राष्ट्रिय अभिलेखालयको भ्रमण गराएर सीसँगको शिखर सम्मेलन टुङ्ग्याउँदै ट्रम्प « Khabarhub

राष्ट्रिय अभिलेखालयको भ्रमण गराएर सीसँगको शिखर सम्मेलन टुङ्ग्याउँदै ट्रम्प


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई शुक्रबार अमेरिकी राष्ट्रिय अभिलेखालयको भ्रमण गराएर दुई नेताबीचको शिखर सम्मेलनको समापन गर्ने भएका छन्।

भ्रमणका क्रममा ट्रम्प र सीले अमेरिका–चीन सम्बन्धको इतिहास तथा आगामी दिशाबारे आफ्ना धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। राष्ट्रिय अभिलेखालयमा अमेरिकी स्वतन्त्रताको घोषणापत्र, संविधान र अधिकारको विधेयक लगायतका ऐतिहासिक दस्तावेज रहेका छन्।

बिहीबार ह्वाइट हाउसमा भएको राजकीय शिखर सम्मेलनमा अमेरिका र चीनबीच केही क्षेत्रमा सहमति तथा प्रगतिको चर्चा भए पनि कुनै प्रमुख सम्झौता सार्वजनिक भएन।

ट्रम्पले द्विपक्षीय व्यापार संयन्त्रअन्तर्गत भएको प्रगतिलाई उल्लेख गर्दै अमेरिकी किसान तथा पशुपालकका लागि बजार पहुँच विस्तार भएको बताए। दुवै नेताले कृत्रिम बौद्धिकतालाई अमेरिका–चीन सहकार्यको सम्भावित क्षेत्रका रूपमा समेत उल्लेख गरेका थिए।

सीलाई स्वागत गर्ने क्रममा ट्रम्पले राष्ट्रिय अभिलेखालयमा अमेरिकी इतिहासका महत्त्वपूर्ण दस्तावेजसँगै चीन र अमेरिकाबीचको लामो सम्बन्ध तथा सांस्कृतिक आदानप्रदान झल्काउने सामग्रीसमेत अवलोकन गर्ने बताएका थिए ।

चीनले भने सीको राष्ट्रिय अभिलेखालय भ्रमणबारे सार्वजनिक रूपमा टिप्पणी गरेको छैन। केही विश्लेषकका अनुसार सन् १९७९ मा अमेरिकाले ताइवानको सट्टा जनवादी गणतन्त्र चीनलाई कूटनीतिक मान्यता दिएको समयका अभिलेखमा सीको चासो हुनसक्ने अनुमान गरिएको छ।

चीनले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ। चिनियाँ राष्ट्रपति सीले अमेरिकाले ताइवानको स्वतन्त्रताको विरोध गर्ने स्पष्ट धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै आएका छन् । चीनले ताइवानलाई अमेरिकाले गर्दै आएको हतियार बिक्री रोक्न पनि आग्रह गर्दै आएको छ।

बिहीबारको भेटमा पनि सीले ताइवानको विषय उठाउँदै अमेरिकाले ‘ताइवान प्रश्नलाई विवेकपूर्ण रूपमा सम्हाल्ने’ आशा व्यक्त गरेको चिनियाँ सरकारी समाचार एजेन्सीले जनाएको छ। उसले सीले अमेरिकी पक्षले ‘ताइवान स्वतन्त्रता’को विरोध गर्ने अडान कायम राख्ने अपेक्षा गरेको उल्लेख गरेको छ।

ताइवानसँग अधिकांश मुलुकको औपचारिक कूटनीतिक सम्बन्ध छैन। यद्यपि, अमेरिका ताइवानको प्रमुख अन्तर्राष्ट्रिय साझेदार हो र अमेरिकी कानुनअनुसार ताइवानलाई आफ्नो रक्षा गर्न आवश्यक साधन उपलब्ध गराउने नीति अवलम्बन गर्दै आएको छ।

अमेरिकाका एसियाली सहयोगी राष्ट्रहरूले सीको भ्रमणपछि ट्रम्पले ताइवानको विषयमा व्यक्त गर्ने धारणा नजिकबाट नियाल्ने अपेक्षा गरिएको छ।

गत मेमा सीसँग भएको शिखर सम्मेलनपछि ट्रम्प प्रशासनले डिसेम्बरमा ताइवानलाई करिब ११ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री स्वीकृत गरेको थियो। त्यसपछि करिब १४ अर्ब डलर बराबरको अर्को प्रस्तावित हतियार बिक्री भने रोकिएको र त्यसलाई चीनसँगको वार्तामा ‘महत्त्वपूर्ण अस्त्र’का रूपमा प्रयोग गर्न सकिने ट्रम्पले बताएका थिए।

फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिजका विश्लेषक क्रेग सिंगलटनका अनुसार बेइजिङले ट्रम्पसँग ताइवानको विषयमा नयाँ आधाररेखा स्थापित भएको ठान्न सक्ने सम्भावना रहेको बताइएको छ।

यसैबीच, अमेरिकी सिनेटका केही डेमोक्र्याट सांसदहरूले बिहीबारको शिखर सम्मेलनको आलोचना गरेका छन्। उनीहरूले ट्रम्पले व्यापार, सुरक्षा, कृत्रिम बौद्धिकता र मानव अधिकारका विषयमा चीनबाट अर्थपूर्ण सहुलियत हासिल गर्न नसकेको आरोप लगाएका छन्।

उनीहरूले ताइवानमाथि चीनको सैन्य दबाबको विषय सार्वजनिक रूपमा पर्याप्त रूपमा नउठाएको भन्दै ट्रम्पको आलोचना गरेका छन्। साथै, ताइवानका लागि स्वीकृत सैन्य सहायता तथा हतियार बिक्री तत्काल उपलब्ध गराउन माग गरेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : ५२ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु