बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित « Khabarhub

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले आज भएको खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो।

आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०२ रन बनाएको थियो। १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। उनले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे। यस्तै कप्तान रोहितकुमार पौडेलले अविजित ३३, दीपेन्द्रसिंह ऐरीले १५ र कुशल मल्लले नौ रनको योगदान दिए।

अफगानिस्तानका फरिदुन दाउदजाई, अब्दुल्लाह अहमदजाई र अरब गुलले समान एक–एक विकेट लिए।

त्यसअघि अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० तथा नजिबुल्लाह जाद्रानले ३० रन बनाए। नङ्गेलिया खान १७ रनमा अविजित रहे।

नेपालका कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए।

समूह ‘ए’ मा रहेको नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  २ : ३२ बजे

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको