बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित « Khabarhub

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले आज भएको खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो।

आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०२ रन बनाएको थियो। १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। उनले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे। यस्तै कप्तान रोहितकुमार पौडेलले अविजित ३३, दीपेन्द्रसिंह ऐरीले १५ र कुशल मल्लले नौ रनको योगदान दिए।

अफगानिस्तानका फरिदुन दाउदजाई, अब्दुल्लाह अहमदजाई र अरब गुलले समान एक–एक विकेट लिए।

त्यसअघि अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० तथा नजिबुल्लाह जाद्रानले ३० रन बनाए। नङ्गेलिया खान १७ रनमा अविजित रहे।

नेपालका कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए।

समूह ‘ए’ मा रहेको नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  २ : ३२ बजे

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई