बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित « Khabarhub

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले आज भएको खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो।

आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०२ रन बनाएको थियो। १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। उनले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे। यस्तै कप्तान रोहितकुमार पौडेलले अविजित ३३, दीपेन्द्रसिंह ऐरीले १५ र कुशल मल्लले नौ रनको योगदान दिए।

अफगानिस्तानका फरिदुन दाउदजाई, अब्दुल्लाह अहमदजाई र अरब गुलले समान एक–एक विकेट लिए।

त्यसअघि अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० तथा नजिबुल्लाह जाद्रानले ३० रन बनाए। नङ्गेलिया खान १७ रनमा अविजित रहे।

नेपालका कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए।

समूह ‘ए’ मा रहेको नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  २ : ३२ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम