झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू) « Khabarhub

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा आज परम्परागत एवं सांस्कृतिक पर्व इन्द्रजात्रा धुमधामका साथ मनाइएको छ । 

वसन्तपुरमा मनसुनी झरीबीच रथ यात्रा, विभिन्न सांस्कृतिक झाँकी, परम्परागत नाच प्रदर्शनी गरेर इन्द्रजात्रा मनाइएको हो ।

इन्द्रजात्राका अवसरमा कुमारी घरबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा निकालिएको थियो । रथयात्रा हेर्न ठूलो संख्यामा स्थानीय, उपत्यकाका सर्वसाधारण वसन्तपुर तथा आसपासका सडकमा भेला भएका थिए । परम्परागत बाजागाजा बजाउँदै विभिन्न सांस्कृतिक समूह तथा समुदायको सहभागिता रहेको थियो।

इन्द्रजात्रामा देवप्याखँ, लाखेनाच, पुलुकिसी नाचलगायतका परम्परागत नाच तथा सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहने गरेका छन् ।

इन्द्रजात्रा काठमाडौँ उपत्यकाको प्राचीन नेवार संस्कृति, धार्मिक आस्था र सामाजिक एकताको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । जात्राका कारण वसन्तपुर, असन, इन्द्रचोक, हनुमानढोका लगायतका क्षेत्रमा विशेष चहलपहल देखिएको थियो ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसहित सरकारका मन्त्री र विशिष्ट व्यक्ति वसन्तपुर पुगेका थिए ।  

तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ५ : ५१ बजे

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने