झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू) « Khabarhub

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा आज परम्परागत एवं सांस्कृतिक पर्व इन्द्रजात्रा धुमधामका साथ मनाइएको छ । 

वसन्तपुरमा मनसुनी झरीबीच रथ यात्रा, विभिन्न सांस्कृतिक झाँकी, परम्परागत नाच प्रदर्शनी गरेर इन्द्रजात्रा मनाइएको हो ।

इन्द्रजात्राका अवसरमा कुमारी घरबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा निकालिएको थियो । रथयात्रा हेर्न ठूलो संख्यामा स्थानीय, उपत्यकाका सर्वसाधारण वसन्तपुर तथा आसपासका सडकमा भेला भएका थिए । परम्परागत बाजागाजा बजाउँदै विभिन्न सांस्कृतिक समूह तथा समुदायको सहभागिता रहेको थियो।

इन्द्रजात्रामा देवप्याखँ, लाखेनाच, पुलुकिसी नाचलगायतका परम्परागत नाच तथा सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहने गरेका छन् ।

इन्द्रजात्रा काठमाडौँ उपत्यकाको प्राचीन नेवार संस्कृति, धार्मिक आस्था र सामाजिक एकताको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । जात्राका कारण वसन्तपुर, असन, इन्द्रचोक, हनुमानढोका लगायतका क्षेत्रमा विशेष चहलपहल देखिएको थियो ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसहित सरकारका मन्त्री र विशिष्ट व्यक्ति वसन्तपुर पुगेका थिए ।  

तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ५ : ५१ बजे

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)