तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार « Khabarhub

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत खेतीको क्षेत्रफल बढ्नुका साथै हजारौँ किसान लाभान्वित भएका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई गोरखाका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुङ्गानाका अनुसार तनहुँमा तरकारी जोन सुरु भएयता दुई सय १८ हेक्टर र धान जोन सुरु भएयता ८५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ ।

तनहुँमा आर्थिक वर्ष २०७५–७६ देखि तरकारी जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय पाँच हेक्टर क्षेत्रफलमा सञ्चालन भएको तरकारी जोन अहिले विस्तार भएर सात सय २३ हेक्टर पुगेको छ । यस अवधिमा तरकारी खेतीको क्षेत्रफल दुई सय १८ हेक्टरले बढेको हो ।

त्यस्तै, आर्थिक वर्ष २०७९–८० देखि धान जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय हेक्टर क्षेत्रफलमा रहेको धान जोन अहिले विस्तार भएर पाँच सय ८५ हेक्टर पुगेको छ । धान खेतीको क्षेत्रफल पनि ८५ हेक्टरले वृद्धि भएको छ ।

तरकारी तथा धान खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्धेश्यले सञ्चालन गरिएका यी कार्यक्रमले खेतीको क्षेत्रफल विस्तार गर्न सहयोग पु¥याएको ढुङ्गानाले बताए ।

तनहुँको आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा तरकारी जोन कार्यक्रम सञ्चालन भइरहेको छ । यी क्षेत्रमा तरकारी उत्पादनलाई व्यवस्थित गर्दै व्यावसायिक खेतीको क्षेत्र विस्तार गर्ने उद्धेश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो ।

तरकारी जोनअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र ११ कृषि उद्यमीमार्फत कार्यक्रम सञ्चालन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत ढुङ्गानाले जानकारी दिए । यस जोनबाट हालसम्म एक हजार ९८९ जना लाभान्वित भएका छन् ।

किसान, सहकारी, समूह तथा कृषि उद्यमीलाई समेटेर कार्यक्रम सञ्चालन गर्दा उत्पादनलाई व्यावसायिक स्वरूप दिन र कृषि क्षेत्रमा आबद्ध जनशक्तिलाई सङ्गठित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

धान जोन कार्यक्रम तनहुँको व्यास नगरपालिका–८, ९ र ११, भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिका–१ मा सञ्चालन भइरहेको छ । धान उत्पादनको क्षेत्र विस्तार तथा खेतीलाई व्यावसायिक बनाउने उद्धेश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो ।

धान जोनअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र १० कृषि उद्यमीमार्फत कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रमबाट एक हजार ८३८ जना लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०७९–८० मा पाँच सय हेक्टर क्षेत्रफलबाट सुरु भएको धान जोन अहिले पाँच सय ८५ हेक्टरमा विस्तार भएको छ । तरकारी र धान जोन कार्यक्रमबाट तनहुँमा कुल तीन हजार आठ सय २७ जना लाभान्वित भएका छन् । तीमध्ये तरकारी जोनबाट एक हजार एक सय ८९ र धान जोनबाट एक हजार आठ सय ३८ जना लाभान्वित भएका छन् ।

दुवै कार्यक्रममार्फत खेतीको क्षेत्रफल विस्तार हुनुका साथै सहकारी, कृषक समूह र कृषि उद्यमीको सहभागितामा कृषि गतिविधि सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ७ : १९ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को