बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता « Khabarhub

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ । सो अवधिमा जघन्य प्रकृतिका १२, गम्भीर प्रकृतिका ४६ र सामान्य प्रकृतिका अपराधका ६९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा चालु मुद्दाका १७९ प्रतिवादी पक्राउ परेका छन् । सार्वजनिक चासोका २० वटा पुराना मुद्दाको सफल अनुसन्धान गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

आर्थिक अपराधका १६ र सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा एक जना पक्राउ परेका छन् । बाँके प्रहरीले पुराना तथा अनुसन्धानका क्रममा रहेका मुद्दाको फछ्र्योटलाई पनि प्राथमिकता दिएको छ ।

सार्वजनिक चासोका २० मुद्दाको सफल अनुसन्धान गरिएको छ । चालु मुद्दामा प्रतिवादीका रूपमा रहेका १७९ जनालाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए । अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले कारबाही अघि बढाएको छ ।

यस क्रममा ७० जना पक्राउ परेका छन् । उनीहरूबाट कार्यान्वयन हुनुपर्ने फैसलाअनुसार २० वर्ष ६ महिना २१ दिन कैद असुल गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीको निरुपणमा पनि प्रहरीले काम गरेको छ । गत असोज महिनामा यस प्रकृतिका १०६ उजुरी प्राप्त भएका छन् । तीमध्ये ९३ वटा फछ्र्योट भएका छन् भने १३ फछ्र्योट हुन बाँकी छन् ।

गत असोज महिनामा महिला १२, बालिका १४, बालक ११, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष एक जना हराएकामा हराएकामध्ये महिला १६, बालिका १३, बालक छ, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष दुई जना फेला परेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  १ : ५५ बजे

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस