कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा « Khabarhub

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु समेटिएको भिडियो गेम ‘कल अफ ड्युटीः मोडर्न वारफेयर ४’ दक्षिण कोरियामा सर्वाधिक बिक्री हुने गेम बनेको छ । दुई कोरियाबीच सीमा तनाव बढिरहेका बेला सार्वजनिक भएको यस गेमले दक्षिण कोरियाली खेलाडीको ध्यान खिचेको छ ।

शुक्रबार सार्वजनिक भएको लोकप्रिय ‘कल अफ ड्युटी’ शृङ्खलाको पछिल्लो संस्करण विश्वव्यापी र दक्षिण कोरियाली बिक्री सूचीको शीर्ष स्थानमा पुगेको छ । पीसी गेमको प्रमुख डिजिटल वितरण प्लेटफर्म ‘स्टीम’ का अनुसार, गेमले दुवै बजारमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

गेमको कथावस्तुमा अमेरिका र रुसबीचको तनावसँगै उत्तर कोरियाको सत्ता सङ्घर्ष र दक्षिण कोरियामाथिको आकस्मिक सैन्य आक्रमणलाई प्रस्तुत गरिएको छ । कथाको सुरुआत उत्तर कोरियाली सेनाले प्याराट्रुपर र भूमिगत सुरुङको प्रयोग गर्दै दक्षिण कोरियाली तथा अमेरिकी सेनामाथि आक्रमण गरेपछि हुन्छ ।

खेलाडीले युवा अमेरिकी र दक्षिण कोरियाली सैनिकका साथै उत्तर कोरियाका नयाँ नेतासहित विभिन्न पात्रको भूमिका निर्वाह गर्न सक्छन् ।

गेम सार्वजनिक हुनुअघि कोरियाली सैन्यविहीन क्षेत्र (डीएमजेड) मा भएको विस्फोटमा तीन दक्षिण कोरियाली सैनिक घाइते भएका थिए । यस घटनाले दुई देशबीचको तनाव थप बढाएको छ ।

दक्षिण कोरियामा अनिवार्य सैन्य सेवा गर्नुपर्ने व्यवस्थाका कारण पनि गेमको कथावस्तुले विशेष चासो पाएको छ । सामाजिक सञ्जालमा केही खेलाडीले गेमको प्रशंसा गरेका छन् भने केहीले यसले सम्भावित युद्धको भयावह चित्र प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।

‘थ्रेड्स’ का एक प्रयोगकर्ताले गेम खेल्दा कोरियाली युद्धमा सहभागी आफ्ना हजुरबुबाको सम्झना आएको बताएका छन् । अर्का प्रयोगकर्ताले उत्तर कोरियाले वास्तविक आक्रमण गरेमा दक्षिण कोरियाको सीमावर्ती ग्याङवोन क्षेत्र र राजधानी सोलसमेत जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यद्यपि, दुई कोरियाबीचको पीडादायी इतिहास र वर्तमान शत्रुतालाई मनोरञ्जनको विषय बनाइएको भन्दै गेमको आलोचना पनि भएको छ । ‘किम डे जुङ पिस सेन्टर’का अध्यक्ष किम सुङ–जेले कोरियाली युद्धको त्रासदीलाई खेलका रूपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको बताएका छन् ।

यसैबीच, उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले गत साता प्योङयाङमा आयोजित सैन्य बैठकमा आफ्नो सेनालाई विश्वकै सबैभन्दा शक्तिशाली बनाउन निर्देशन दिएका छन् ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सम्झौतामा नभई युद्धविराममा टुङ्गिएकाले दुवै देश प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन् । दक्षिण कोरियालाई उत्तर कोरियाको आणविक क्षमताबाट उत्पन्न हुन सक्ने जोखिमबाट जोगाउन अमेरिकाले त्यहाँ करिब २८ हजार सैनिक तैनाथ गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  २ : ०१ बजे

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस