काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल आइपुगेका छन् । एनपिएलको टोली विराटनगर किङ्सबाट खेल्न उनी आइतबार काठमाडौँ ओर्लिएका हुन् ।
विराटनगर किङ्सले ‘द किङ ह्याज ल्यान्डेड इन नेपाल’ भन्दै सामाजिक सञ्जालमार्फत रसेललाई स्वागत गरेको छ । टोलीले उनलाई नेपालमा स्वागत गर्दै विराटनगर किङ्स परिवारमा नयाँ अध्याय सुरु भएको जनाएको छ ।
विश्वभरका टी–२० लिगहरूमा आक्रामक ब्याटिङ र बलिङका लागि परिचित रसेलको आगमनले विराटनगर किङ्सको टोली थप मजबुत हुने विश्वास लिइएको छ ।
एनपिएलको यो सिजनमा रसेलको सहभागितालाई समर्थकले निकै उत्सुकताका साथ हेरेका छन् ।















प्रतिक्रिया