पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ? « Khabarhub

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले आफ्नो अफिसियल सपोर्ट स्टाफको घोषणा गरेको छ। टोलीले पाकिस्तानका पूर्वकप्तान तथा चर्चित क्रिकेट प्रशिक्षक मिस्बाह उल हकलाई मुख्य प्रशिक्षक (हेड कोच) मा नियुक्त गरेको छ।

रोयल्सले सामाजिक सञ्जालमार्फत आफ्नो पूरा प्राविधिक तथा व्यवस्थापकीय टोलीको नामावली सार्वजनिक गरेको हो। टोलीको निर्देशक (टिम डिरेक्टर) मा नेपाली क्रिकेटका अनुभवी पूर्वमुख्य प्रशिक्षक जगत टमाटा रहेका छन्। त्यस्तै, सहायक प्रशिक्षकको जिम्मेवारी देव नारायण झालाई दिइएको छ।

टोलीको व्यवस्थापकीय जिम्मेवारीअन्तर्गत टिम म्यानेजरमा सुनिल थापा र लजिस्टिक्स म्यानेजरमा सौरभ ओझा रहेका छन्। त्यसैगरी स्ट्रेंथ एन्ड कन्डिसनिङ कोचमा जिवेश बली र फिजियोमा नविन विश्वकर्मालाई नियुक्त भएका छन् ।

पाकिस्तानलाई टेस्ट वरीयताको शीर्ष स्थानमा पुर्‍याउन सफल मिस्बाहको आगमन र अनुभवी नेपाली प्राविधिकको साथले सुदूरपश्चिम रोयल्सको यात्रा थप मजबुत हुने अपेक्षा गरिएको छ। लगातार दुई सिजनको उपविजेता सुदूरपश्चिमले एनपिएलको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सोमबार प्रतिस्पर्धा गर्दै छ । यो खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ४ : ११ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका