एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने « Khabarhub

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि आकर्षक पुरस्कार राशिको घोषणा गरेको छ।

लिग सुरु हुनुअघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको पुरस्कार राशिबारे जानकारी गराएका हुन् । 

क्यानको घोषणाअनुसार एनपीएल सिजन ३ को विजेता टोलीले १ करोड ५० लाख नगद पुरस्कार प्राप्त गर्नेछ।

त्यसैगरी, प्रतियोगितामा उपविजेता बन्ने टिमले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टिमले ३० लाख पुरस्कार पाउनेछन्।

नेपाली क्रिकेटलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित आयोजना गरिएको यस तेस्रो संस्करणको पुरस्कार राशिले खेलाडी तथा फ्रेन्चाइज टिमको उत्साह अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ४ : ५४ बजे

बेनिघाट–तातोपानी सडक खुल्यो : मन्त्री लम्साल

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच