यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ? « Khabarhub

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ । एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सोमबार साँझ पाँच बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । यी दुई टिम साविक फाइनलिस्ट हुन् । अघिल्लो सिजन लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि उचालेको थियो ।

एनपीएलका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा सम्पूर्ण तयारी पूरा भइसकेको छ । मैदानलाई बेहुलीझैँ सिँगारिएको छ । खेलको प्रत्यक्ष प्रसारणका लागि क्यामेरा, फ्लडलाइटको परीक्षण, यस सिजनबाट सञ्चालनमा ल्याउन लागिएको डिसिजन रिभ्यू सिस्टम (डीआरएस) का लागि आवश्यक प्रविधि जडानका कार्य सम्पन्न भइसकेको छ ।

सोमबारबाट सुरु हुने प्रतियोगितामा लिग चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । फाइनल मङ्सिर ३ गते बिहीबार हुनेछ ।

खेल तालिका अनुसार मंगलबार हुने प्रतियोगिताको दोस्रो खेलमा बिहान विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने तेस्रो खेलमा सोही दिन जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।

त्यस्तै, कात्तिक ११ गते पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् भने कात्तिक १२ गते जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच खेल हुनेछ ।

कात्तिक १३ गते आरामको दिन रहनेछ। कात्तिक १४ गते लुम्बिनी लायन्स र चितवन राइनोज तथा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुनेछ ।

कात्तिक १५ गते जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ भने कात्तिक १६ गते काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

कात्तिक १७ गते विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । कात्तिक १८ गते आरामको दिन छ ।

कात्तिक १९ गते लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच खेल हुनेछ । कात्तिक २० गते सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । कात्तिक २१ गते काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । कात्तिक २२ गते आरामको दिन रहनेछ ।

कात्तिक २३ गते पोखरा एभेन्जर्स र कर्णाली याक्स तथा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच खेल हुनेछ । कात्तिक २४ गते सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ भने कात्तिक २५ गते आरामको दिन रहेको छ ।

कात्तिक २६ गते विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली योक्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ । कात्तिक २७ गते काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

कात्तिक २८ गते विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ । लिग चरणको अन्तिम दिन अर्थात् कात्तिक २९ गते चितवन राइनोज र कर्णाली याक्स तथा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ । लिग चरणपश्चात प्लेअफ र फाइनल खेल हुनेछन् ।

मङ्सिर १ गते पहिलो स्थान र दोस्रो स्थानका टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ । मङ्सिर २ गते तेस्रो र चौथो स्थानका टोलीबीच इलिमिनेटर खेल हुनेछ । मङ्सिर ३ गते पहिलो क्वालिफायरमा पराजित हुने टोली र इलिमिनेटरमा विजयी हुने टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ । मङ्सिर ५ गते फाइनल भिडन्त तय भएको छ ।

बिहानका खेल १२ बजे सुरु हुनेछन् भने बेलुकाका खेल ५ बजेदेखि सुरु हुनेछन् । सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

यस सिजनमा विदेशी खेलाडीको सहभागिताले पनि क्रिकेट समर्थकको ध्यान तानेको छ । यस सिजन अष्ट्रेलियाका डेभिड वार्नर, दक्षिण अफ्रिकाका डेभिड मिलर, वेस्ट इण्डिजका आन्द्रे रसेल, जिम्बाब्वेका सिकन्दर राजा, बंगलादेशका शकिब अल हसन, इङ्ग्ल्याण्डका मोइन अली, श्रीलंकका एन्जेलो म्याथ्युज, पाकिस्तानका शाहिबजादा फरहानलगायत खेलाडी सहभागी हुनेछन् ।

विराटनगर किंग्स

सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया, इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने, चरिथ असलंका लगायतका खेलाडी समावेश छन् ।

जनकपुर बोल्ट्स

त्यस्तै, हर्मीत सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्समा ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृत राज दास, अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली, इफ्तिकार अहमद लगायतका खेलाडी छन् ।

चितवन राइनोज

त्यसैगरी कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना, विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान, उसामा मीर लगायतका खेलाडी समावेश छन् ।

काठमाडौँ गोर्खाज

करण केसीको नेतृत्वमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, आदिल आलम, साहब आलम, रशिद खान, सन्तोष यादव, साहिल पटेल, सोनु देवकोटा, कृष्ण पौडेल, डेभिड वार्नर, केएस भरत, सहान अराचिगे, विलियम बोसिस्टोलगायतका खेलाडी छन् ।

पोखरा एभेन्जर्स

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा भने बिपिन खत्री, शाकिब अल हसन, चमिका करुणारत्ने, धनन्जय लक्षन, आकाश चन्द, सागर ढकाल, दिनेश खरेल, अर्जुन कुमाल, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदिप अर्याल, बिपिनजस्ता खेलाडी छन् ।

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा डा. इशान पाण्डे, अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, विनोद भण्डारी, हेमन्त धामी, हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दिपक बोहरा, फेबियन एलेनजस्ता खेलाडी समावेश छन् ।

कर्णाली याक्स

सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्समा भने डेभिड मिलर, हुसेन तलात, साहिबजादा फरहान, सोमपाल कामी, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, विपिनप्रसाद शर्मा, दिपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा, दिवान पुन लगायतका खेलाडी समावेश छन् ।

लुम्बिनी लायन्स

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा भने रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्शी शर्ट, शमिम हुसेन, शाड्ली भान शाकवाइक, निरोशन डिक्वेला, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक राज भण्डारी, दिलिप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान, करण घर्ती मगरजस्ता खेलाडी समावेश छन् ।

बजार मूल्य र पुरस्कार राशि बढ्यो

यो सिजन एनपीएलको बजार मूल्य र पुरस्कार राशि दुवैमा उल्लेख्य वृद्धि भएको छ । उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलको समग्र बजार मूल्य करिब आठ अर्ब रुपैयाँ पुगेको दाबी गरेका छन् ।

फ्रेन्चाइज टोलीहरूको बिक्री, व्यावसायिक प्रायोजन, प्रसारण अधिकार तथा अन्य व्यापारिक पक्षहरूलाई आधार मान्दा लिगको कुल मूल्यांकन यो उचाइमा पुगेको हो ।

बजार विस्तारसँगै क्यानले तेस्रो संस्करणका लागि पुरस्कार राशिमा समेत वृद्धि गरेको छ । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले यस सिजनको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जनाएका छन् ।

त्यसैगरी, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टिमले ३० लाख रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ६ : ५१ बजे

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम