काठमाडौँ-धुलिखेलमैत्री पार्क निर्माण सम्झौता « Khabarhub

काठमाडौँ-धुलिखेलमैत्री पार्क निर्माण सम्झौता


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न मैत्री पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोही सिलसिलामा धुलिखेल नगरपालिका–७ स्थित पार्कलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन दुवै पालिकाबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गमबीच मङ्गलबार हस्ताक्षर भएको छ ।

सम्झौतामा उक्त पार्कलाई पारिवारिक मनोरञ्जन तथा विश्रामका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको छ । पार्क निर्माणका लागि रु सात करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ ।

तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सम्झौताअनुसार चालु आर्थिक वर्षमा रु एक करोड खर्च गरिने छ । पार्क निर्माणले धुलिखेलमा आन्तरिक पर्यटकको आकर्षण बढाउने तथा स्थानीय आर्थिक गतिविधिमा चलायमान बनाउन सहयोग पुग्ने  कार्यवाहक प्रमुख जङ्गमले विश्वास व्यक्त गरे ।

उनले सम्झौताले दुई नगरपालिकाबीचको संस्थागत सहकार्य र  नागरिकबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १२ : ३१ बजे

‘ककाकिकी’ हेरेपछि फिल्मकर्मीको एउटै प्रतिक्रिया-मनोरञ्जन भरपूर

काठमाडौं– कमेडी फिल्मको सफलता त्यसले दर्शकलाई कति हँसाउन सक्छ भन्नेमा

बालबालिकाको सर्वोत्तम हितका लागि पारिवारिक हेरचाह आवश्यक : मन्त्री बादी

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

काठमाडौँ– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

जियुक्वान- चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै तीन

बालश्रम रोक्न कानुनसँगै परिवारको आर्थिक अवस्था सुधार्नुपर्नेमा जोड

काठमाडौँ – बालश्रम अन्त्यका लागि कानुनी प्रतिबन्धसँगै गरिबी, बेरोजगारी र