बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने « Khabarhub

बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य बीमा परिचयपत्र साथमा नभए पनि अब त्यसको फोटोकपी देखाएर स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन पाइने भएको छ।

स्वास्थ्य बीमा बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै भौतिक परिचयपत्र, डिजिटल कार्ड वा त्यसको फोटोकपीका आधारमा समेत सेवा उपलब्ध गराउन निर्देशन दिएको हो।

बोर्डका प्रवक्ता एवं वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले जारी गरेको परिपत्रमा परिचयपत्रको फोटोकपीमा उल्लेखित विवरण स्पष्ट देखिएको अवस्थामा स्वास्थ्य बीमा नम्बरका आधारमा बीमितको पहिचान यकिन गरी सेवा प्रवाह गर्न भनिएको छ।

परिपत्रमा स्वास्थ्य संस्थाले आफ्नो दर्ता प्रणालीमा बीमा नम्बर भिडान गरी सम्बन्धित व्यक्ति बीमित भए वा नभएको पुष्टि गर्नुपर्ने उल्लेख छ।

परिचयपत्रको भौतिक प्रति साथमा नभएको कारण देखाएर मात्रै बीमितलाई उपचार सेवाबाट वञ्चित नगर्न पनि बोर्डले आग्रह गरेको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १ : ०२ बजे

कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित

काठमाडौं– भिसा इन्टरनेसलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा कुमारी बैंक

बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने

काठमाडौँ – स्वास्थ्य बीमा परिचयपत्र साथमा नभए पनि अब त्यसको फोटोकपी

‘ककाकिकी’ हेरेपछि फिल्मकर्मीको एउटै प्रतिक्रिया-मनोरञ्जन भरपूर

काठमाडौं– कमेडी फिल्मको सफलता त्यसले दर्शकलाई कति हँसाउन सक्छ भन्नेमा

बालबालिकाको सर्वोत्तम हितका लागि पारिवारिक हेरचाह आवश्यक : मन्त्री बादी

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

काठमाडौँ– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र