अटिजम भएका बालबालिकाका लागि काठमाडौं महानगरले बनाउँदै विशेष विद्यालय « Khabarhub

अटिजम भएका बालबालिकाका लागि काठमाडौं महानगरले बनाउँदै विशेष विद्यालय


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा नम्बर २९, अनामनगरमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ ।

वडा कार्यालयअगाडिको जग्गामा निर्माण गर्न लागिएको ’काठमाडौं स्कुल फर चिल्ड्रेन विथ अटिजम एन्ड रिसर्च सेन्टर’ को काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरिन् । 

प्रत्येक बालबालिकालाई सम्मानपूर्वक बाँच्न, खेल्न र पढ्न पाउने बराबर अधिकार रहेको उल्लेख गर्दै अटिजम, बौद्धिक वा शारीरिक अपाङ्गता भएकाहरुलाई शिक्षाबाट बञ्चित हुन नदिन अटिजम विद्यालय स्थापना गर्न लागिएको डंगोलले बताइन् । 

उनले शिलान्यास केवल एउटा भवनको मात्र नभई मानवता, करुणा, समावेशिता र समतामूलक समाज निर्माणको एउटा महत्वपूर्ण खुड्किलो भएको उल्लेख गरिन् । 

विज्ञ र गैरसरकारी संस्थाहरूसँग ज्ञान साझेदारी गर्दै स्पष्ट नीति तथा कार्यविधि निर्माण गर्न अटिजम अनुसन्धान केन्द्रले मद्दत गर्ने उनको भनाइ छ । 

उनले अटिजम भएका बालबालिकाको हेरचाह गर्दा अभिभावकले पूर्णकालीन जागिर गर्न नसक्ने र आर्थिक तथा मानसिक दबाब भोग्नुपर्ने यथार्थलाई ध्यानमा राखी महानगरले अभिभावकका लागि मनोसामाजिक परामर्श र सीप विकास तालिम सञ्चालन गरी बजारसँग जोड्ने काम गरिरहेको जनाइन् ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  २ : ०४ बजे

हर्मुजमा अमेरिकाले दुई ड्रोन खसालेको इरानको दाबी

तेहरान – इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी

अखाद्य पदार्थ मिसाएर नक्कली मह बेच्ने एक जना पक्राउ

काठमाडौँ – अखाद्य पदार्थ मिसाएर नक्कली मह उत्पादन तथा बिक्री वितरण

अटिजम भएका बालबालिकाका लागि काठमाडौं महानगरले बनाउँदै विशेष विद्यालय

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा नम्बर २९, अनामनगरमा अटिजम विद्यालय तथा

बालश्रम न्यूनीकरण गर्न सरकारले विधेयक ल्याएको हो : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने

नेपालको सार्वजनिक ऋण साढे २९ खर्ब नाघ्यो

काठमाडौँ– चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो चार महिनासम्ममा नेपालको