काठमाडौँ – अखाद्य पदार्थ मिसाएर नक्कली मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौँको टोखाबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले टोखा नगरपालिका–१ स्थित भण्डारे क्षेत्रबाट धादिङको सिद्धलेक गाउँपालिका–२ का ४४ वर्षीय लक्ष्मण गुरुङलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गुरुङले महमा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीसँगबाट नक्कली महसमेत बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।














प्रतिक्रिया