गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक « Khabarhub

गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौैँ – निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टी विधानलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ।

आयोगको मंगलबार बसेको बैठकले थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भएको पुष्टि गरेका छन्।

नेपाली कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो। सोही निवेदनसँगै आवश्यक कागजातसमेत पेस गरिएको थियो।

महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। आयोगको निर्णयसँगै उक्त कार्यसमितिले आधिकारिक रूपमा अद्यावधिक भएको मान्यता पाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ३ : ०८ बजे

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

क्वालालम्पुर– युट्युबमा जुवा, ठगी तथा मानहानिकारक सामग्री हटाउन असफल भएको

दीपकराज गिरीको प्रश्न : सरकारलाई अन्धसमर्थन गर्ने कि अन्धविरोध मात्रै?

काठमाडौं– सरकारको हरेक काममा समर्थन वा विरोध गर्नैपर्छ भन्ने सोचले

रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा

गुल्मी– गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी माघ

चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो 

काठमाडौँ – नेपालमा लसुन आयात बढ्दै गएको छ । चालु आर्थिक

गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक

 काठमाडौैँ – निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र