लैङ्गिक हिंसा अन्त्यका लागि एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान (शुभकामना सन्देशसहित) « Khabarhub

लैङ्गिक हिंसा अन्त्यका लागि एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान (शुभकामना सन्देशसहित)


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्षलाई एकजुट भएर अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले संस्थागत तथा सामाजिक प्रयासमार्फत हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

‘लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती हो। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय यसबाट बढी प्रभावित हुने गरेका छन् ।, उनले भनेका छन्, ‘बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसासमेत थप चुनौतीका रूपमा देखिएको छ । संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नु आवश्यक छ ।’ 

सरकारले लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई प्राथमिकता दिएको उनले बताएका छन् । 

यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता र तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री शाहले बताए ।

प्रधानमन्त्री शाहका अनुसार यसै वर्ष भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुन्याएको क्षतिका सन्दर्भमा विपद्‌का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ पनि विशेष सचेत रहन आवश्यक छ । 

उनले भने, ‘यस अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ-संस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिक सबैको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि आग्रह गर्दछु । अन्त्यमा, यस अभियानअन्तर्गत सञ्चालन हुने विविध कार्यक्रमले लैङ्गिक हिसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुऱ्याउने विश्वास लिएको छु।’

यस्तो छ उनको शुभकामना सन्देश

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ५ : २५ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’ 

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन आज १०औँ

सङ्खुवासभाका छ उद्यमी सम्मानित

सङ्खुवासभा– घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जिल्लाका छ जना

भारत–बङ्गलादेश तनावबीच आइपीएल लिलामीमा १२ बङ्गलादेशी खेलाडी

काठमाडाैँ– भारत र बङ्गलादेशबीच राजनीतिक तनाव बढिरहेका बेला इन्डियन प्रिमियर लिग

विवाहित महिलाले जितिन् ‘मिस युनिभर्स २०२६’ को ताज

काठमाडाैँ – मिस युनिभर्सको इतिहास रच्दै जेनिफर ब्यारेटो ‘मिस युनिभर्स

लैङ्गिक हिंसा अन्त्यका लागि एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान (शुभकामना सन्देशसहित)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले लैङ्गिक हिंसा अन्त्यका लागि