सुडानमा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु « Khabarhub

सुडानमा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुडानको दक्षिणपूर्वी सहर अल–दामाजिनमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् ।

अस्पतालका एक स्वास्थ्य स्रोतका अनुसार मंगलबार साँझ तीनवटा आवासीय घरमा ड्रोन प्रहार गरिएको थियो । यद्यपि, युद्धसम्बन्धी हिंसाका घटना अभिलेख राख्ने संस्था ‘इमर्जेन्सी लयर्स’ले मृतकको सङ्ख्या १९ पुगेको जनाएको छ ।

सन् २०२३ अप्रिलदेखि सुडानी सेना र आरएसएफबीच जारी युद्धमा दशौँ हजारको मृत्यु भइसकेको छ भने लाखौँ मानिस विस्थापित भएका छन् ।पछिल्लो समय इथियोपिया सीमावर्ती ब्लु नाइल राज्यमा हिंसा बढेको छ । 

आरएसएफले राज्यको राजधानी अल–दामाजिन कब्जा गर्ने प्रयास गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार आसपासका गाउँबाट एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

मंगलबार रोजेरेस सहरमा पनि बाँध, विद्युत् उत्पादन केन्द्र र पूर्वाधारलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ ।

यसैबीच, सुडानले आरएसएफलाई आफ्नो भूमिबाट आक्रमण गर्न दिएको आरोप इथियोपियामाथि लगाएको छ । इथियोपियाले भने आरोप अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसङ्घले सुडानको युद्धलाई विश्वकै गम्भीर मानवीय संकटमध्ये एक भनेको छ ।
 

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ६ : २१ बजे

महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

काठमाडौँ– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम

बूढीगण्डकी आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा

गङ्गा किनारमा देव दीपावलीको रौनक (तस्बिरहरू)

काठमाडौं– भारतको वाराणसीमा कार्तिक पूर्णिमाका अवसरमा मंगलबार देव दीपावली मनाइँदै

युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँ : श्रममन्त्री

काठमाडौँ– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी

सुडानमा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु

एजेन्सी– सुडानको दक्षिणपूर्वी सहर अल–दामाजिनमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स