एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति « Khabarhub

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा उपभोग गर्ने दौडमा मेकहरु देखिएका छन् । दुई फिल्मले जेठ १५ लाई प्रदर्शन मिति शुक्रबार तोकेका हुन् ।

जेठ आउन ४ महिनाभन्दा बढी समय बाँकी रहँदै दुई फिल्मले प्रदर्शन मिति तोकेका हुन् ।

डान्सर तेरिया मगरको डेब्यू फिल्म ‘मितज्यू’ले शुक्रबार नै प्रदर्शन मिति सार्वजनिक गरी सुटिङ सुरु गरेको हो । यस फिल्ममा नायकद्वय दयाहाङ राई र सौगात मल्ल शीर्ष भूमिकामा रहेका छन् । निर्देशक अनिल बूढा मगर हुन् ।

त्यस्तै, जोन योञ्जनको निर्देशनमा रहेको ‘रोल नं. १’ पनि शुक्रबार नै प्रदर्शन मिति तोकिएको हो । सरस्वती पूजाको अवसर पारेर यो दुवै फिल्मले रिलिज डेट लक गरेका हुन् ।

‘रोल नं. १’मा नायक भुकुन भुसाल शीर्ष भूमिकामा रहेको बताइएको छ ।

जेठ १५ गते शुक्रबारको सार्वजनिक बिदा उपभोग गर्ने रणनीतिले दुई फिल्मको बक्स अफिस भिडन्त अहिले नै तय भएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १० : ४२ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन