आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२६ जनवरी २५ तारिख। गोरखकाली पूजा, विश्व कुष्ठरोग दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : काममा निरन्तरको प्रयासको खाँचो देखिन्छ। खुशीका साथ गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग बढी तर्क नगर्नु उचित हुनेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।

वृष : स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। साथीसँग धेरै तर्क नगर्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धले नयाँ उचाई पाउनेछ।

मिथुन : साना कुराले मन अशान्त बन्नसक्छ। योजना बनाउँदा बौद्धिक व्यक्तिको साथ लिनु उचित हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आज तपाईंको मन कला र संस्कृतितर्फ जानेछ। खेलकुदको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ। परिवारले तपाईंको इच्छा विपरीत काम गर्दा मन अशान्त बन्नेछ। गुरुको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। साथीभाइले सहयोग गर्नेछन्।

कन्या : संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम रहेको छ। नेतृत्वले माया गर्दा काम गर्ने अवसर प्राप्त हुनेछ।

तुला : परिवारले भन्दा बाहिरका व्यक्तिले तपाईंको कामको प्रशंसा गर्नेछन्। आफ्नो कामको जस अरुले लिने जोखिम रहेको छ। शिक्षामा गरेको लगानीले फाइदा हुने हुँदा लगानीमा हिम्मत गर्नुपर्नेछ।

वृश्चिक : स्वास्थ्य आफू अनुकुल रहनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग लिएको सल्लाह कार्यान्वयन गर्नु अगाडि विवेक प्रयोग गर्नु उचित हुनेछ।

धनु : दिन सामान्य छ। स्वास्थ्यमा सुधार हुनेछ। बन्धुको साथले मनमा खुशी मिल्नेछ। बौद्धिक व्यक्तिको निगरानी भइरहेकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। आफन्तबाट धोका हुने जोखिम रहेको छ।

मकर : शुभकार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। परिवारको विश्वास गर्दा घाटा हुनेछ। काम गर्दा अरुको सल्लाह लिनेभन्दा विवेक प्रयोग गर्नुपर्नेछ।

कुम्भ : आज काम बन्नेछन्। स्वदेशमा भन्दा विदेशको रमझमले आकर्षित गर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : आज तपाईंको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नाम र इज्जत बढ्नेछ। विपक्षी साथीलेसमेत आज तपाईंको तारिफ गर्नेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। तपाईंले महत्त्वपूर्ण अवसरको सदुपयोग गर्नुपर्नेछ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : १७ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने