बालेनलाई ईको कटाक्ष : बहसमा चिप्लिनुभन्दा मञ्चन र नियोजित प्रस्तुति देखाउनु नै बेस ! « Khabarhub

बालेनलाई ईको कटाक्ष : बहसमा चिप्लिनुभन्दा मञ्चन र नियोजित प्रस्तुति देखाउनु नै बेस !


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाहले सार्वजनिक बहस नगर्ने निर्णय गरेका छन् । शाहको यो निर्णयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।

यसैबीच सामाजिक अभियन्ता ईले बालेनको यो निर्णयप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै ईले कुनैपनि भिडियो अन्तर्वार्ता नदिने र सार्वजनिक मञ्चमा बहस नगर्ने शाहको चुनावी रणनीति सही भएको भन्दै कटाक्ष गरेका हुन् ।

उनले बहसमा चिप्लिनुभन्दा बालेनले मञ्चन र नियोजित प्रस्तुति देखाउनु र स्टाटस ठोक्दै बस्नु बेस भनेका छन् ।

‘त्यतिले दम पुगेकैछ । केपीको सान्दर्भिकता समाप्त भइसक्यो, तर भविष्यका लागि अझ अजङ्गको अर्को केपी चाहिएन त ?’ उनले प्रश्न गरेका छन् ।

पत्रकारिताको निष्ठा र जोश भएको कसैले २४ गतेको घटनाक्रम, महानगर प्रहरीको निर्ममता, निरन्तर कानुनी राजको उपहास, सामाजिक–आर्थिक नीति, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता आदिबारे केरकार गर्‍यो भने पारा तातिएर, ज्वालामुखी पड्केर उत्पात हुनसक्ने ईको तर्क छ । त्यस्तो प्राकृतिक दुर्घटना हुन नदिनका लागि पनि बालेनले बहस गर्न नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : ०० बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको