स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन  « Khabarhub

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी प्रक्रिया थप कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । 

बोर्डले दाबी माग खर्च समिति मार्फत पुनरावलोकन गर्ने व्यवस्थालाई प्रभावकारी बनाउँदै पूर्वस्वीकृति बिना दाबी भुक्तानी नहुने स्पष्ट गरेको हो ।

स्वास्थ्य बीमा बोर्डले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा नियमावली, २०८० तथा त्यसअनुसार तय गरिएको दाबी दर्ता र मूल्याङ्कन प्रक्रियाअनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाले दाबी पेश गर्नु अघि अनिवार्य रूपमा बोर्डको स्वीकृति लिनुपर्नेछ । यस व्यवस्थाको उद्देश्य दाबी मूल्याङ्कन प्रक्रियालाई वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउने रहेको बोर्डले जनाएको छ ।

सूचनामा उल्लेख गरिएअनुसार तोकिएको मापदण्ड र प्रक्रियाअनुसार पूर्वस्वीकृति नलिई सेवा प्रदान गरी पेश गरिएका दाबीहरू भुक्तानीयोग्य हुनेछैनन् । साथै, दाबी माग खर्च समितिको निर्णयअनुसार मात्रै दाबी भुक्तानी प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई प्रचलित नियम, मापदण्ड तथा प्रक्रियाको पूर्ण पालना गर्न आग्रह गर्दै, अन्यथा मापदण्ड विपरीतका दाबीहरू अस्वीकृत हुने जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ६ : ३१ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम