आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : धनलक्ष्मी योग परेको छ। सदुपयोग गर्नुहोला। योजना अनुसार गरेको काम दीर्घकालसम्म सफल बन्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको तर्क कार्यान्वयन हुनेछ।

वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथी सकारात्मक भएकाले सोचेका काम सहजै बन्नेछन्।

मिथुन : आज आम्दानी हुनेछ। कतै घुमफिर तय हुँदा मन प्रशन्न हुनेछ। धार्मिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : तपाईंका लागि समय खराब आएको छ। साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रमा गरेको तर्क असफल बनाउन साथी नै सक्रिय छन्। हरेक काममा बाधा भए पनि परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : पढाइमा मन जानेछ। परीक्षाको नतिजाबाट मनमा हर्ष बढ्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारमा विवाद बढ्ने हुँदा व्यवहार गर्दा सचेत बन्नु उचित हुनेछ।

कन्या : दिन मध्यम छ। आज कर्म गर्न स्वतन्त्रता मिल्ने दिन छ। एकल निर्णय नगर्नु उचित हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आज व्यापार व्यवसायमा फाइदा हुने दिन छ। शिक्षामा गरेको श्रमको फल प्राप्त हुनेछ। विपक्षी साथीले प्रशंसा गर्ने योग छ। परिवारसँगको सम्बन्ध यथावत रहनेछ।

वृश्चिक : बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। साथीभाइसँग सल्लाह गरेर अगाडि बढ्नु उचित हुनेछ। साना कुरामा अल्झिएमा ठुलो अवसर गुमाउनुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

धनु : आज मानसम्मान प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारमा खटपटी बढ्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। राज्यको कर्मचारी भए तपाईंको बढुवा हुनेछ। शिक्षामा गरेको प्रयासमा थप मिहिनेतको आवश्यकता देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गर्नुहोला।

कुम्भ : साना कुराले मनमा झन्झट बढ्नेछ। लगानी गरेको सम्पत्ति नउठ्ने जोखिम छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन सहजै बित्नेछ।

मीन : आज आम्दानी बढ्ने दिन छ। बोलीकै कारण विवाद बढ्ने सम्भावना छ। गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ५ : ३१ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा