विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड « Khabarhub

विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ। मंगलबारको खेलमा पाकिस्तानलाई दुई विकेटले हराउँदै सुपर आठको एक खेल अगाडि नै इंग्ल्यान्ड सेमिफाइनल पुगेको हो।

महत्त्वपूर्ण खेलमा इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले शतक प्रहार गरे। उनको शतक नै जितको मुख्य आधार बन्यो। उनले ५१ बलको सामना गर्दै सय रन पूरा गरेका हुन्। पाकिस्तानले दिएको १६५ रनको लक्ष्य इंग्ल्यान्डले ब्रुकको शतकको मद्दतमा ५ बल बाँकी हुँदा १९ ओभर १ बलमा १६६ रन बनाउँदै पूरा गरेको हो।

इंग्ल्यान्डलाई रोक्न पाकिस्तानका लागि साहिद शाह अफ्रिदीले ४ विकेट हात पार्दा नवाज र तारिकले समान दुईदुई विकेट लिए।

टस जितेर सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि साहिबजादा फरानले अर्धशतकीय इनिङ खेले। उनले ४५ बलको सामना गरेर ६३ रन बनाएका हुन्। फखर जमानले र बाबर अजामले समान २५–२५ रन बनाए।

यो जितसँगै इंग्ल्यान्ड पाँचौं पटक विश्वकपको सेमिफाइनल पुगेको छ। एक खेल अगाडि सेमिफाइलन पुगेको इंग्ल्यान्डले सुपर आठको अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।

सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

सुपर–८ को दोस्रो खेलमा पाकिस्तानलाई दुई विकेटले हराएसँगै समूह ‘दुई’बाट इंग्ल्यान्ड सेमिफाइनल पुगेको हो । सेमिफाइनल पुग्ने समूह ‘दुई’को अर्को टिमको भने टुंगो लाग्न बाँकी छ ।

सुपर आठको तालिका अनुसार समूह ‘दुई’मा दुई खेल खेल्दा इंग्ल्यान्ड चार अंकसहित शीर्ष स्थानमा छ भने न्युजिल्यान्ड र पाकिस्तानले एकएक अंक जोड्दा श्रीलंका अंकबिहीन छ ।

सुपर आठको समूह ‘एक’मा भने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले दुईदुई अंक जोड्दा भारत र जिम्बावे अंकबिहीन छन्।

विश्वकप अन्तर्गत आज सुपर आठको समूह ‘दुई’का श्रीलंका र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ६ : ३३ बजे

फिर्केखोलाका अनाधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवले दिए पत्रकारलाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं – जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी