‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस « Khabarhub

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी बनाउने उद्देश्यले प्रगतिको मध्यावधि समीक्षा गरेको छ ।

समीक्षा कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव अञ्जु ढुङ्गानाले महिला तथा बालबालिकाको संरक्षण र ‘सेफगार्डिङ’ क्षेत्रमा सरकारी नीति तथा कार्यक्रमहरूको जानकारी गराएकी थिइन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासङ्घ (आईएफआरसी), ब्रिटिस रेडक्रस, अमेरिकन रेडक्रस, फिनिस रेडक्रस, स्विस रेडक्रस र डेनिस रेडक्रसलगायतका साझेदार राष्ट्रिय सोसाइटी र नेपाल रेडक्रसका प्रतिनिधिले ‘सेफगार्डिङ’ सम्बन्धमा देखिएका चुनौती र संरक्षणका क्षेत्रमा जागरण, उजुरी सङ्कलन, समयमै सम्बोधन र सहायताका विषयलाई अबका दिनमा प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

नेपाल रेडक्रस ‘सेफगार्डिङ’ कार्यक्रम संयोजक शुभेच्छा मानन्धरले संरक्षण र ‘सेफगार्डिङ’ लक्षित सम्पन्न गतिविधिहरू र नेरेसो केन्द्र तथा प्रदेशस्तरीय सङ्गठनात्मक मूल्याङ्कनबारे जानकारीपश्चात् समूहगत कार्यबाट ‘सेफगार्डिङ’ प्रणाली सुदृढ गर्न रिफरल प्रणाली र गोप्य सूचनादातालाई संरक्षणको विषयमा ध्यान दिने निचोड निकालिएको छ ।

आयोजकको तर्फबाट नेपाल रेडक्रस सोसाइटी संरक्षण, लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेलले विगतका संरक्षण गतिविधिबाट सकारात्मक नतिजा आएको बताए । उनले नेपाल सरकारको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै समुदाय र सहायताकर्मीलाई सबै प्रकारका दुर्व्यवहार र विभेदबाट बचाउने संस्कृति विकास गर्न तथा प्रभावित केन्द्रित अवधारणा लागू गर्न नेरेसोका सबै तहका स्वयंसेवक र कर्मचारीहरूलाई प्रेरित गरिने जानकारी दिए ।

नेपाल रेडक्रसले यौन शोषण, दुर्व्यवहार तथा उत्पीडन प्रति शून्य सहनशीलताको नीति लिएको छ । (रासस)

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ८ : १३ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा