महिलाले व्यवस्थापन गर्दै छन् जुम्लाको यो मतदान केन्द्र « Khabarhub

महिलाले व्यवस्थापन गर्दै छन् जुम्लाको यो मतदान केन्द्र


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै महिला कर्मचारी मात्र खटिने भएका छन् । 

जिल्ला सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी सबै महिला कर्मचारीले निर्वाचन सम्पन्न गराउने भएका छन् ।

मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालन गर्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन महिला कर्मचारी प्रतिबद्ध रहेका बताए। शान्तिपूर्ण, मर्यादित र व्यवस्थित निर्वाचनका लागि राजनीतिक दल र पत्रकारसहित सबै सरोकार भएकाको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे। 

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पनि आमसञ्चारमाध्यमको भूमिका निर्णायक हुने भएकाले सकारात्मक सन्देशसहित सामग्री संकलन र सम्प्रेषण गर्न आग्रह गरे। जिल्लामा कूल मतदाता सङ्ख्या ७१ हजार ७३९ रहेका जनाउँदै उनले निर्वाचनका लागि ६५४ जना कर्मचारी खटिने बताए ।

प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी रहनेछन् । जिल्लाभर ११० मतदान केन्द्र र ८५ मतदानस्थल कायम गरिएको निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।

निर्वाचनलाई लक्षित गर्दै जिल्लाका आठवटा स्थानीय तहका ६० वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेका छन् । मुख्य निर्वाचन अधिकृतका सहायक हरिकृष्ण तिमिल्सेनाका अनुसार प्रत्यक्षतर्फको ७७ हजार र समानुपातिकतर्फको ८० हजार मतपत्र जुम्लामा पुगेको छ ।

निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लाका ९७४ जना निर्वाचन प्रहरी खटिनेछन्, जसले मतदान केन्द्रहरूमा शान्तिसुरक्षा सुनिश्चित गर्नेछन् । यसबाहेक जिल्लामा ९२५ अस्थायी मतदाता नामावली संकलन गरिएको छ भने दुईवटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।

निर्वाचन आउन आठ दिन बाँकी रहँदा निर्वाचन आचारसंहितालाई कडाइका साथ पालन गर्न आज जिल्ला निर्वाचन कार्यालय जुम्लाको आयोजनामा एक दिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । यसैबीच, फागुन १५ गते मतदान अधिकृत तथा सहायक अधिकृतहरूको तालिम सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १२ : ३२ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत