अनलाइन स्क्यामिङमा समातिएका १८ नेपालीलाई आममाफी दिन म्यानमार सकारात्मक « Khabarhub

अनलाइन स्क्यामिङमा समातिएका १८ नेपालीलाई आममाफी दिन म्यानमार सकारात्मक


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई म्यानमारले आममाफी दिन सकारात्मक देखिएको जनाएको छ ।  

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त क्षेत्र महाशाखा प्रमुख प्रकाश अधिकारीले अवैध रुपमा म्यानमार पुगेर अनलाइन स्क्यामिङमा पक्राउ परेका नेपालीहरूलाई आममाफी दिन सकारात्मक देखिएको जानकारी दिएका हुन् ।

म्यानमारले अनलाइन स्क्यामिङ केन्द्रमा काममा लगाइएका १८ जना नेपालीलाई पक्राउ गरी एक वर्ष कैद सजाय सुनाएको थियो । त्यसलगतै म्यानमारका लागि नेपालका राजदूतसँग सम्पर्क गरी म्यानमारका उपविदेशमन्त्री र गृहमन्त्रीसँग भेटघाट गर्दा आममाफी दिन सकारात्मक रहेको जवाफ प्राप्त भएको अधिकारीले बताए  । 

म्यानमारले अवैधअनलाइन स्क्यामिङमा १७ देशका ४९५ जनालाई पक्राउ गरेको भए पनि नेपाल र म्यानमारको अत्यन्त राम्रो द्विपक्षीय सम्बन्ध भएको कारणले नेपालीहरूलाई छाड्ने तयारी गरेको उनको भनाइ छ । 

अधिकारीले थाइल्याण्ड र म्यानमारमा आकर्षक तलबको प्रलोभन देखाई भारत लगायत अन्य देशको बाटो हुँदै त्यसतर्फ पठाउने गरेको पाइएको उल्लेख गरे । उनीहरूलाई सुरक्षा गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका क्रियाकलापमा संलग्न गराउने गरेको पाइएको अधिकारीले बताए । 

थाइल्याण्ड र म्यानमार पुगेका नेपालीहरूलाई निश्चित लक्ष्य दिइने र सो पुरा गर्न नसके प्रताडित गर्ने, शोषण गर्ने गरेको गुनासो धेरै नै आउने गरेको उनको भनाइ छ । 

परराष्ट्रले अनलाइन ठगी केन्द्रहरूमा फसेका नेपाली नागरिकहरू उद्धार गरी नेपाल फर्काउनका लागि सम्बन्धित देशका दूतावासहरूमार्फत निरन्तर पहल गरिरहेको जनाएको छ । 

स्क्यामिङ केन्द्रहरूबाट हालसम्म ३९२ जना नेपाली नागरिकहरूलाई उद्धार गरी नेपाल फर्काइसकिएको र उद्धारको लागि प्रक्रियामा रहेका नेपालीको संख्या हाल ३०९ जना रहेको समेत परराष्ट्रले जानकारी दिएको छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ६ : ०५ बजे

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा