झापा–२ मा अठार उम्मेदवार चुनावी मैदानमा « Khabarhub

झापा–२ मा अठार उम्मेदवार चुनावी मैदानमा


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा– झापाका अन्य निर्वाचन क्षेत्रझैँ निर्वाचन क्षेत्र नं २ पनि चर्चामा छ । यहाँ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार पूर्वसभामुख देवराज घिमिरे र विभिन्न दलका पाँच प्रभावशाली महिला उम्मेदवार गरी १८ जना प्रतिस्पर्धामा छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री सरिता प्रसाईँ, नेकपा (माओवादी केन्द्र) बाट पूर्वराज्यमन्त्री धर्मशीला चापागाईं चुनावी मैदानमा छन् । त्यसैगरी श्रम संस्कृति पार्टीबाट चन्द्रकुमारी गारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती पनि घरदैलो अभियानमा सक्रिय छन् ।

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कूल एक लाख ४७ हजार ५२२ मतदाता छन् । जसमा पुरुष मतदाताको सङ्ख्या ७३ हजार ९५० र महिला मतदाताको सङ्ख्या ७३ हजार ५६७ छ । ‘अन्य’मा पाँचजना मतदाता  छन् । निर्वाचनलाई व्यवस्थित बनाउन ४९ मतदानस्थल र १६५ वटा मतदान केन्द्र तोकिएका छन् ।

भौगोलिक रूपमा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाका केही वडा र बुद्धशान्ति गाउँपालिकाका केही क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रको विगत पनि रोचक छ । विसं २०४८ देखि हालसम्म यसक्षेत्रमा नेकपा (एमाले) को बलियो पकड देखिन्छ । विसं २०४८ मा देवीप्रसाद ओझा, २०५६ मा केपी शर्मा ओली, २०७४ मा पवित्रा निरौला खरेल र २०७९ मा देवराज घिमिरे यहाँबाट निर्वाचित भइसकेका छन् ।

यसैगरी, विसं २०६४ मा माओवादीका गौरीशङ्कर खड्का र २०७० मा कांग्रेसका सुधीरकुमार शिवाकोटी पनि यस क्षेत्रबाट निर्वाचित भएका थिए । यस पटकको निर्वाचनमा मतदाताको अपेक्षा केवल राजनीतिक परिवर्तनमा मात्र सीमित छैन । अर्जुनधारा र साविकको खुदुनाबारी गाविस क्षेत्रमा रहेको सुकुम्बासी समस्याको स्थायी समाधान र जग्गाधनी पुर्जा वितरण मतदाताको प्रमुख माग रहेको छ । 

अर्जुनधारा–१० की गीता अधिकारीले भनिन् ‘हामीलाई पटक–पटक आश्वासन दिइयो, तर यसपटक ठोस् काम गर्ने प्रतिनिधिलाई मात्र भोट दिने सोचमा छौँ ।’ 

उनका अनुसार अधिकांश मतदाता यसपटक उम्मेदवारको अघिल्लो कार्यकालको समीक्षा गरिरहेका छन् । पूर्वसभामुख घिमिरेको संसदीय अनुभव र एमालेको सङ्गठित मत एकातिर छ, भने अर्कोतिर कांग्रेसको विरासत जोगाउने प्रसाइँको कसरत र रास्वपाकी रानामगरको नयाँ लहरले प्रतिस्पर्धालाई रोचक बनाएको छ ।

अघिल्लो निर्वाचनमा कम मतान्तरले परिणाम निस्किएका कारण यसपटक साना दल र नयाँ मतदाताको भूमिका निर्णायक हुने राजनीतिक विश्लेषक बताउँछन् । महिला उम्मेदवारको ठूलो सङ्ख्याले महिला मतदातामा उत्साह थपिएको छभने पुरानो राजनीतिक विरासत र नयाँ शक्तिबीचको यो भिडन्तले झापा–२ को नतिजा कसको पक्षमा जान्छ भन्ने चासो सबैमा देखिन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : ४६ बजे

‘मारिया हस्पिटल’ अवैध, सिलबन्दी गर्न जिल्ला प्रशासन र प्रहरीमा पत्राचार

काठमाडौं– काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई

पूर्वराष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’