स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत « Khabarhub

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन षडयन्त्रपूर्ण रहेको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले भदौ २३ गतेको आन्दोलन भड्काउने, स्कुलको ड्रेसमा बालबालिकालाई सडकमा उतार्ने, आतंक निम्त्याउने काम गर्नेलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

यस्तो छ बस्नेतको भनाइ

गौरी बहादुर कार्की आयोगको प्रतिवेदन ‘लिक’ भएको नाममा केही नेता, प्रशासक, सेना, सुरक्षाकर्मी, पत्रकार र कलाकारलाई मात्र दोषी देखाउँदै भदौ २४ गतेका आगजनी, तोडफोड र व्यक्तिहत्याका गम्भीर घटनाहरू ओझेलमा पारेर सार्वजनिक गर्ने प्रयास गरिएको देखिन्छ। आग्रहपूर्ण र षड्यन्त्रपूर्ण ढंगले प्रतिवेदन सार्वजनिक गरी, उक्त घटनामा जाहेरीसमेत परेका तथा कारबाहीको दायरामा ल्याउनुपर्ने व्यक्तिहरूलाई नै ‘जयजयकार’ गर्ने प्रवृत्ति सुरु हुनु दुःखद छ।

याद रहोस् भदौ २३ को आन्दोलन भड्काउने, स्कुले ड्रेसमा बालबालिकालाई जबरजस्ती सडकमा उतार्ने, उनीहरूलाई चारैतिरबाट घेराबन्दी गरेर तनावपूर्ण वातावरण सिर्जना गर्ने र आतंक निम्त्याउने काम, साथै भदौ २४ मा उग्र उपद्रो मच्चाउँदै सदन, सिंहदरबार, सर्वोच्च अदालत, सरकारी कार्यालयहरू, निजी उद्योग र व्यक्तिका घरहरूमा आगजनी तथा तोडफोड गर्ने जस्ता घटनामा विभिन्न सन्देहास्पद एनजीओरआइएनजीओको रकम अपराधमा प्रयोग भएको विषय बेवास्ता गर्नु अत्यन्त गम्भीर कुरा हो।

शक्तिको पूजा गर्ने चलन नेपाली समाजमा पुरानै हो। तर शक्तिको आडमा गरिने आतंककारी गतिविधि र त्यसको नेतृत्व समाजका लागि कदापि स्वीकार्य हुन सक्दैन। शक्ति आज छ, भोलि हुँदैन त्यसैले समयमै सम्हालिनु बुद्धिमानी हुन्छ उपद्रो गर्नु होइन।

शान्ति र प्रगतिका बाटो छाडेर प्रतिसोध र द्वन्द्वको बाटोमा हिँड्दा फेरि अर्को आन्दोलन सृजना हुने र अर्को कार्की आयोग गठन गर्नुपर्ने अवस्था आउन सक्छ। यसले देशलाई दीर्घकालीन द्वन्द्वको भुमरीमा पार्ने खतरा छ । चेतना होस्।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १० : ३९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको