कायरोमा नेपाल–इजिप्ट मैत्री दौड « Khabarhub

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार पाँच किलोमिटर ‘नेपाल–इजिप्ट मैत्री दौड’ आयोजना गरिएको छ ।

इजिप्टस्थित नेपाली दूतावासले त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी डेगला संरक्षित क्षेत्रसँगको सहकार्यमा ‘हिमालदेखि नाइलसम्म हरित भविष्यका लागि दौडौँ’ नारासहित उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल तथा त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालयअन्तर्गत संरक्षित क्षेत्रसम्बन्धी केन्द्रीय प्रशासनका प्रमुख मोहम्मद युसुफले संयुक्त रूपमा गर्नुभएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यस अवसरमा राजदूत लम्सालले सहभागीहरूलाई स्वागत गर्दै सन् १९५३ मा विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहणको सम्झनामा मनाइने सगरमाथा दिवस मानव दृढता र सहकार्यको प्रतीक भएको उल्लेख गरे ।

उनले हालै घोषणा गरिएको अन्तर्राष्ट्रिय आरोग्य दिवसले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा पारिस्थितिक सन्तुलनलाई समेट्ने समग्र स्वास्थ्यको महत्व उजागर गर्ने बताए ।

राजदूत लम्सालले योग, ध्यान र प्रकृतिसँगको सामञ्जस्यजस्ता नेपालको परम्परागत अभ्यासले वातावरण संरक्षण र मानव स्वास्थ्यबीचको सम्बन्धलाई बलियो बनाउने बताए ।

प्रमुख युसुफले दूतावासले आयोजना गरेको कार्यक्रमको सराहना गर्दै यसले वातावरणीय सचेतना र दिगोपनाको सन्देश प्रवाह गरेको बताए । उनले हरित भविष्य निर्माणका लागि इजिप्टको प्रतिबद्धता पुनः दाेहाेर्‍याउँदै दिगोपनाको पहलमा नेपालको योगदानको प्रशंसा गरे ।

करिब ३० किलोमिटर लम्बाइमा फैलिएको वादी डेगला संरक्षित मरुभूमि उपत्यकाभित्र आयोजना गरिएको दौड प्राकृतिक परिवेशमा सम्पन्न भएको थियो । यो क्षेत्रको मरुभूमि पारिस्थितिकी तन्त्र र वन्यजन्तुको संरक्षण गरिएको छ ।

कार्यक्रममा कूटनीतिज्ञ, विद्यार्थी, स्थानीय खेलाडी तथा नेपाली समुदायका सदस्यसहित ३५० भन्दा बढी सहभागीको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ११ : ११ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी