विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ « Khabarhub

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती खाली गराउने विषयमा सरकारको कदमप्रति प्रतिक्रिया जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अदृश्य त्रास र आतंकको छायाँमा आदेश पालना भएको भन्दै खुसी मनाउनेहरूले वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकहरूको पीडा पनि देख्नुपर्ने बताएका छन्।

ती सुकुमबासीको श्रम र पसिनाले नै शहर निर्माण र विकास भएको उल्लेख गर्दै उनीहरूलाई विस्थापित गर्दा केवल नियम कार्यान्वयन भएको उत्सव मनाउनु पर्याप्त नहुने उनले बताएका छन्। उनले प्रभावित परिवारको वेदना बुझ्दै सम्मानजनक विकल्प उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको धारणा राखेका छन्।

उनले पूर्ववर्ती सरकारले सुकुमबासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि कानुनी व्यवस्था र भूमि आयोगमार्फत प्रक्रिया अघि बढाएको स्मरण गराउँदै वर्तमान सरकारले पनि जनताको विश्वासलाई सम्मान गर्दै मानवीय व्यवहारसहित न्यायोचित समाधान दिनुपर्ने बताएका छन्।

पोखरेलले विश्वास टुटेका नागरिकको असन्तोष विस्फोटक हुन सक्ने चेतावनी समेत दिएका छन्।

उनले लेखेका छन् :

अदृष्य त्रास र आतंकको छायाँमा आदेश पालना भयो भनेर खुसी मनाउनेहरूले वर्षौंदेखिको बास छोड्न बाध्य भएका ती श्रमिकहरुको आँखा र अनुहारमा देखिएको पीडा समेत देख्न सक्नु पर्दछ ।

यिनै गरिब श्रमिकहरूको हातले शहर उठ्यो, तिनकै पसिनाले सडक, बजार र बस्ती गुल्जार भए। आज उनीहरू बाध्य भएर वस्तीवाट टाढिँदै गर्दा केवल नियम पालना भएको उत्सव मनाउनु पर्याप्त होइन; उनीहरूको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो।

पूर्ववर्ती सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानका लागि कानूनी जटिलता महसुस गरेर बलियो कानुन बनाई भूमि आयोगमार्फत समाधानको प्रक्रिया अघि बढाएको थियो। जनताको लोकप्रिय जनादेश पाएको वालेन सरकारले समस्याबाट आक्रान्त जनताको विश्वास र भरोसालाई सम्मान गर्दै अविलम्ब मानवीय व्यवहारका साथ न्यायोचित समाधान दिनु पर्दछ।

विश्वास टुटेका मानिसहरुको विद्रोह कति विस्फोटक हुन्छ भन्ने कुरा वताइरहनु पर्ने विषय होइन ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  १ : १७ बजे

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच

जलेका सरकारी स्रेस्ता वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्नुपर्छ : अर्थमन्त्री  

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गतेको आन्दोलन