तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न « Khabarhub

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका छन् । भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन् । ती स्थानीय तहले आधार तथा मापदण्ड, नक्सा अद्यावधिक गरी कित्तागत सकेका हुन् ।

देशभरका एक सय ६९ स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन तथा नक्सा अद्यावधिक गरेको जनाइएको छ । विभिन्न कारणले ४७ स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका थिएनन् । 

त्यसैगरी १५ स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरेको जनाइएको छ । भू–उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गर्दै गरेका १३४ स्थानीय तह छन् । आधार तथा मापदण्ड तयार गर्दै गरेका ५० स्थानीय तह छन् । 

भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले भूउपयोग ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको जानकारी दिए ।

कृषि र गैरकृषि जग्गाको वर्गीकरण छिट्टै भएमा त्यसको आधारमा कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति तथा व्यवस्थित सहरीकरण र सुरक्षित आवासको व्यवस्थापन गर्न सहज हुने पूर्वाधार विकास, प्राकृतिक स्रोतसाधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ ।

स्थानीय तहलाई भू–उपयोग वर्गीकरणका लागि यही असार मसान्तसम्म समय अवधि तोकिएको छ । रासस
 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  १२ : ५४ बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई