सरकारका प्रवक्ता भन्छन् : रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन « Khabarhub

सरकारका प्रवक्ता भन्छन् : रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्न लागेको भारत भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले सभापति लामिछाने भारत जाने विषय प्रधानमन्त्रीसँग नजोडिने बताएका हुन् ।

पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले सभापति लामिछाने भारत जानुलाई प्रधानमन्त्री वालेन्द्र शाहको आगामी सम्भावित भ्रमणसँग जोडेर हेर्न नहुने बताए ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सभापति लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री शाहको सम्बन्ध के हो ? भनेर सोधे। जवाफमा मन्त्री पोखरेलले सभापति लामिछानेको भारत भ्रमण अलग्गै भएकाले यसमा प्रधानमन्त्री जाने कार्यक्रमको कुनै सम्बन्ध नरहेको जवाफ दिएका हुन् ।

’रास्वपा सभापति (रवि लामिछाने) भारत जाने विषय प्रधानमन्त्री (वालेन्द्र शाह) को भ्रमणसँग कुनै सम्बन्ध जोडिएको छैन’, उनले पत्रकारहरूलाई भने ।

मन्त्री पोखरेलले प्रधानमन्त्री शाह सरकारले १०० दिनमा गरिसक्नुपर्ने काममा व्यस्त भएकाले भारतसहित अरू देशको भ्रमणमा जान नसकेको पनि जवाफ दिएका छन् ।

उनले प्रधानमन्त्रीको पनि भ्रमणमा जाने समय आउने बताए । ‘भारत मात्रै होइन, प्रधानमन्त्री कहीँ पनि जानुभएको छैन’, उनले भने, ‘उहाँ अहिले काममै केन्द्रित भएकाले कतै जानु भएको छैन।’

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : २४ बजे

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही