दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह « Khabarhub

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमानदार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन् । 

संस्थानको १५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्तिको थप आवश्यकताको वर्तमान अवस्थालाई  मध्यनजर गरी यस क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रुपमा आफूलाई स्थापित गरी अघि बढ्न सो संस्थानलाई शुभकामना दिए । 

चिकित्सा क्षेत्रजस्तो संवेदनशील एवं महत्वपूर्ण विषयका जनशक्ति उत्पादन गरेर छोटो समयमै स्वदेश तथा विदेशमा आफूलाई सुपरिचित गराउन सकेकामा संस्थानको प्रशंसा गर्दै प्रधान सेनापति सिग्देलले आगामी दिनमा समयानुकूल थप गुणस्तरीय फड्को मार्दै अघि बढ्न आग्रह पनि गरे। 

त्यस अवसरमा उनले उक्त संस्थानमा अध्ययनरत विभिन्न विधाका उत्कृष्ट विद्यार्थी, चिकित्सक एवं कर्मचारीहरूलाई पुरस्कार प्रदान गरेका थिए। 

कार्यक्रममा संस्थानका निर्देशक प्रा.डा देवेन्द्रबहादुर खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थानले हाल सञ्चालन गरिरहेका विभिन्न विषय र कार्यक्रमहरूको अवस्था र आवश्यकताका बारेमा जानकारी गराए। 
 
संस्थानका अर्का निर्देशक पुरुषोत्तम खड्का र प्राचार्य प्रा.डा रत्ना अधिकारीले संस्थानका प्राज्ञिक एवं प्रशासनिक गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा मोहनराज शर्माले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले मुलुकको स्वास्थ्य क्षेत्रका लागि आवश्यक दक्ष एवं उत्कृष्ट जनशक्ति उत्पादन गरिरहेको बताए। 

नेपाली सेनाको कल्याणकारी कोषअन्तर्गत २०६७ सालमा स्थापना भएको यस संस्थानले उच्च शिक्षाका माध्यमबाट चिकित्सक, नर्सहरुदेखि विशेषगरी स्वास्थ्य क्षेत्रका जनशक्तिहरू उत्पादन गरिरहेको छ । 

हाल सो संस्थानले स्नातक तहमा पाँच र स्नातकोत्तर तहमा २३ विभिन्न विषय एवं शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त संस्थानमा सञ्चालित सबै विषय र संकायका गरी करिब एक हजार ४०० विद्यार्थी र २४८ संकाय सदस्य रहेका छन् । 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : ३७ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना