वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन « Khabarhub

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले चालु आवमा दुई खर्ब ४९ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । 

तर, सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो ।  वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक भएको दाबी गरे ।
 
‘कार्यालयले गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको ११ महिनाको अवधिमा  नौ प्रतिशत बढी अर्थात रु १७ अर्ब ९७ करोड राजस्व सङ्कलन भएको छ’, उनले भने । कार्यालयले गत आवको ११ महिनामा भने दुई खर्ब तीन अर्ब ८१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । 

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । 

कार्यालयले चालु आवको साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७४ करोड रुपैयाँ, असोजमा १९ अर्ब नौ करोड रुपैयाँ, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

पुसमा २० अर्ब २० करोड रुपैयाँ, माघमा १८ अर्ब ९२ करोड रुपैयाँ, फागुनमा १९ अर्ब ३४ करोड रुपैयाँ र चैतमा  २२ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जेठ महिनामा २२ अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै आठ खर्ब ९० अर्ब सात करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ ।

गत आवको ११ महिनाको अवधिमा भने सात खर्ब ७० अर्ब मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । चालु आवको ११ महिनामा यो नाका हुँदै ९९ अर्ब ६६ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । 

गत आवको ११ महिनामा भने ९६ अर्ब ७२ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १ : ४५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग