कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार « Khabarhub

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

अनलाइन ठट्टाबाट सुरु भएको अभियानले ढाल्यो मन्त्रीको कुर्सी


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट विवादमा तानिएका भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । प्रश्नपत्र काण्डपछि रुष्ट बनेका युवाहरूले उनको राजीनामा मागे पनि प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुमा त्यसलाई बेवास्ता गरेका थिए । तर, सामाजिक सञ्जालमा सीमित आक्रोशले सडकमा आक्रामक रूप लिएपछि अन्ततः सरकार घुँडा टेक्न बाध्य भएको हो ।

यस अभूतपूर्व आन्दोलनको नेतृत्व ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले गरेको थियो। अमेरिकाको एक विश्वविद्यालयबाट भर्खरै स्नातक गरेका ३० वर्षीय अभिजीत दीपकेले गत मे महिनामा यो अभियान सुरु गरेका हुन् ।

भारतको सर्वोच्च अदालतमा भएको एक सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले देशका बेरोजगार युवालाई ‘परजीवी’ र ‘साङ्लो’ (कक्रोच) सँग तुलना गरेका थिए । उक्त अभिव्यक्तिबाट आक्रोशित बनेका दीपकेले सामाजिक सञ्जालमा लेखेका थिए— “यो देशका लाखौँ साङ्लाहरू एक भए भने के होला ?”

उनको यो पोस्ट इन्स्टाग्राममा भाइरल भयो । त्यसलगत्तै उनले सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) लाई व्यङ्ग्य गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) स्थापनाको घोषणा गरे र सदस्यताका लागि अनलाइन लिङ्क सार्वजनिक गरे ।

छोटो समयमै सीजेपीप्रति युवाको आकर्षण ह्वात्तै बढ्यो। स्थापनाको दुई हप्तामै यसको इन्स्टाग्राम पेजमा २ करोड २० लाखभन्दा बढी फलोअर्स पुगे, जुन सत्तारूढ बीजेपीको भन्दा बढी हो । अनलाइन प्रभाव रोक्न मोदी सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सीजेपीका सामाजिक सञ्जाल खाताहरूमाथि प्रतिबन्ध लगाउने प्रयास गरे पनि त्यो असफल भयो ।

नीट प्रश्नपत्र चुहावटका कारण सरकारले परीक्षा स्थगित गर्दा २० लाख परीक्षार्थी समस्यामा परेका थिए । सोही तनावका कारण परीक्षाको तयारी गरिरहेका १२ जना विद्यार्थीले आत्महत्या गरेपछि सीजेपीले पीडित परिवारलाई क्षतिपूर्ति र शिक्षामन्त्रीको राजीनामालाई मुख्य मुद्दा बनायो ।

जुन महिनाको सुरुमा सीजेपीलाई राजनीतिक दलका रूपमा दर्ता गराएर दीपकेकै नेतृत्वमा नयाँ दिल्लीमा भौतिक प्रदर्शन सुरु गरियो । भर्चुअल दुनियाँबाट सडकमा ओर्लिएको सीजेपीको यो पहिलो प्रदर्शन थियो, जहाँ जेन्जी र मिलेनियल पुस्ताका युवाहरूको बाक्लो उपस्थिति रह्यो । युवाहरूले शैक्षिक सुधारका साथै नातावाद र शक्तिको दुरुपयोगविरुद्ध नाराबाजी गरे । हालैको एक अध्ययनअनुसार भारतमा २५ वर्षमुनिका करिब ४० प्रतिशत स्नातक उत्तीर्ण युवा बेरोजगार छन् ।

आन्दोलनलाई थप सशक्त बनाउन जुनको अन्त्यतिर सीजेपीले दिल्लीको जन्तर-मन्तरमा धर्ना सुरु गर्‍यो । शिक्षामन्त्रीको राजीनामा नआएसम्म नहट्ने अठोट गरेका युवाहरूलाई लद्दाखका प्रसिद्ध इन्जिनियर तथा पर्यावरण अभियन्ता सोनम वाङचुकले पनि समर्थन गरे । वाङचुक स्वयं आन्दोलनको समर्थनमा भोक हड्तालमा बसे ।

गत जुलाई २० मा आयोजित ‘संसद् चलो’ प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ठूलो संख्यामा युवा घाइते भए । त्यसपछि सीजेपीले लगातार ६ दिनसम्म प्रदर्शन जारी राख्यो ।

आन्दोलनसँगै २६ दिन लामो भोक हड्तालमा बसेका वाङचुकले बिहीबार मध्यराति सरकारले आफ्ना दुई प्रमुख माग पूरा गर्ने लिखित आश्वासन दिएपछि अनशन तोडेका छन् । केन्द्रीय मन्त्री जेपी नड्डाले प्रश्नपत्र चुहावटपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारीमाथि कुनै कारबाही नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् ।

सीजेपीको आह्वानमा भारतका विभिन्न सहरमा प्रदर्शन तीव्र बनेको थियो भने कंग्रेस आईसहितका मुख्य विपक्षी दलहरूले पनि यस आन्दोलनलाई खुला समर्थन गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : ०३ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा