डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै « Khabarhub

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्तामार्फत अनशनको निकास खोज्न सरकारी टोली धनगढी पुगेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरको उडानमार्फत आइतबार धनगढी पुगेका हुन्।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनमा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगिसकेका छन्। शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गर्दै वार्ताको वातावरण बनाएका थिए।

धनगढी पुगेको टोलीले आजै डाक्टर केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले सम्वादमार्फत नै सत्याग्रहको सहमतिपूर्ण निकास खोज्ने प्रयास गरिरहेको जनाएको छ।

यसैबीच स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ९ : ३२ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत