इरानको दाबी : अमेरिकाका तीन प्रमुख सैन्य अड्डामा जवाफी आक्रमण « Khabarhub

इरानको दाबी : अमेरिकाका तीन प्रमुख सैन्य अड्डामा जवाफी आक्रमण


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले जोर्डन, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा जवाफी आक्रमण गरेको जनाएको छ। इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद रजा अकरमिनियाले यी तीन अड्डा मध्यपूर्वमा अमेरिकाका सबैभन्दा महत्वपूर्ण सैन्य आधारस्थलमध्ये पर्ने बताएका छन्।

अकरमिनियाले अमेरिकाले होर्मुज जलडमरूमध्य सम्बन्धी जुन महिनामा भएको सम्झौताको पालना नगरी त्यहाँ नयाँ समुद्री मार्ग निर्माण गर्ने प्रयास गरेको आरोप लगाए। त्यसकै जवाफस्वरूप आफ्नो अधिकार स्थापित गर्न इरानले कारबाही गरेको उनको भनाइ छ।

होर्मुजबारे नयाँ कानुन ल्याउने तयारी

इरानी संसद्मा होर्मुज जलडमरूमध्यसम्बन्धी नयाँ कानुनको मस्यौदामाथि छलफल भइरहेको छ। संसदका विभिन्न समितिहरूले उक्त मस्यौदाको समीक्षा गरिरहेका छन्।

सरकारले कानुनको पूर्ण मस्यौदा सार्वजनिक नगरे पनि यसको उद्देश्य होर्मुजमाथि इरानको नियन्त्रण थप सुदृढ बनाउनु रहेको बताइएको छ। साथै, त्यहाँबाट आवतजावत गर्ने जहाजबाट शुल्क असुल्ने व्यवस्था पनि समावेश हुन सक्ने जनाइएको छ।

इरानी सेनाले अमेरिका होर्मुज जलडमरूमध्य र इरान दुवै मोर्चामा आफ्ना उद्देश्य पूरा गर्न असफल भएको दाबी गरेको छ। सेनाका प्रवक्ता जनरल अबोलफजल शेखारचीले वर्तमान परिस्थिति अमेरिकाका लागि अनुकूल नरहेको बताएका छन्।

होर्मुज जलडमरूमध्यमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने विषयमा इरान र ओमानबीचको वार्ता अघि बढेको छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले तेहरानमा दुवै देशका उपविदेशमन्त्रीहरूबीच दुई दिनसम्म वार्ता भएको जानकारी दिएका छन्।

वार्तामा जहाजहरूको सुरक्षित आवागमन र होर्मुजमा दुवै देशका अधिकारसम्बन्धी विषयमा छलफल भएको छ। केही मुद्दामा सहमति जुटेको र बाँकी विषयमा प्राविधिक तथा राजनीतिक तहमा वार्ता जारी रहने बताइएको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  २ : ४६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर