‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान « Khabarhub

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने विषयमा ओमानसँग भएको वार्तामा प्रगति भएको जनाएको छ । तेल तथा ग्यासको अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण मानिने उक्त जलमार्ग इरान र ओमानको जलक्षेत्रसँग जोडिएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले शुक्रबार र शनिबार तेहरानमा इरान र ओमानका उपविदेशमन्त्रीबीच वार्ताका विभिन्न चरण सम्पन्न भएको बताए । उनका अनुसार दुवै देशको सार्वभौम अधिकारको सम्मान गर्दै ‘स्ट्रेट अफ होर्मुज’बाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने साझा सिद्धान्त र सञ्चालन संयन्त्र निर्माणमा वार्ता केन्द्रित थियो ।

बाकायीले वार्ता उपयोगी र प्रगतिपूर्ण रहेको बताउँदै दुवै पक्षबीच प्राविधिक तथा राजनीतिक परामर्श जारी रहेको जानकारी दिए । जुन महिनामा इरान र ओमानले ‘स्ट्रेट अफ होर्मुज’ हुँदै आवतजावत गर्ने पानीजहाजमाथि सेवा शुल्क लगाउने विषयमा छलफल गर्ने बताएका थिए । अमेरिकाले भने उक्त प्रस्तावको विरोध गरेको थियो ।

ओमानले आफ्नो जलक्षेत्र हुँदै पानीजहाजलाई ‘स्ट्रेट अफ होर्मुज’पार गर्न सकिने बताएपछि इरान असन्तुष्ट बनेको थियो । त्यसपछि तेहरानले जलमार्गमा तनाव बढाउने कदम चालेको थियो । इरानले शनिबार करिब दुई सातासम्म चलेको अमेरिकी आक्रमणपछि पछिल्लो समय कुनै नयाँ अमेरिकी आक्रमण नभएको जनाएको छ ।

समाचार वेबसाइट ‘एक्सियोस’का अनुसार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष लगातार १४औँ रात इरानमाथि आक्रमण गर्ने योजना प्रस्तुत गरेको थियो । तर, ट्रम्पले पुनः वार्तालाई प्राथमिकता दिँदै उक्त योजना स्वीकृत गर्न अस्वीकार गरेका थिए ।

प्रतिवेदनअनुसार ‘स्ट्रेट अफ होर्मुज’ पुनःखोल्ने नयाँ व्यवस्थाबारे वार्ता गर्न ओमानी प्रतिनिधिमण्डल तेहरान पुगेपछि ट्रम्पले आक्रमण रोक्ने निर्णय गरेका थिए । यसैबीच, ‘स्ट्रेट अफ होर्मुज’मा पानीजहाजको आवतजावतको अवस्थाबारे सोधिएको प्रश्नमा बाकायीले हालसम्म कुनै परिवर्तन नभएको बताएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  २ : ५५ बजे

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय