नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन « Khabarhub

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।

अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए । 

आफन्तले अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाइएका कारण मृत्यु भएको दाबी गरेका छन् ।

छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार राम, नारायणी अस्पतालका ड. निरजकुमार सिंह, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल र अस्पताल प्रशासनका प्रतिनिधि सुनिलकुमार रोनियार सदस्य रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक समितिको संयोजक रहेका छन् ।

अस्पतालले घटनाका बेला उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालले समितिले एक साताभित्र प्रतिवेदन बुझाउने र प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि आवश्यक कारबाही गरिने बताए ।
 

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ३ : ०२ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ