जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी « Khabarhub

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित गरी गराइएको भ्यान दुर्घटनाका क्रममा एक जनाको ज्यान गएको छ । घटनामा संलग्न फरार संदिग्धको खोजीका लागि जर्मन अधिकारीहरूले आइतबार पक्राउ पुर्जी जारी गरेका छन् । उक्त घटनामा परी अरु १६ जना घाइते भएका छन्।

सुरक्षा निकायले अब्दुल बी. नामक २१ वर्षीय संदिग्धको खोजीका लागि सार्वजनिक आह्वान गरेको छ । प्रहरीका अनुसार शनिबार अबेर ती संदिग्धले उत्सवमा सहभागीहरुलाई लक्षित गरी भ्यानले ठक्कर दिएका थिए । यसक्रममा केही मानिसमाथि चक्कु प्रहार समेत भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति १० बजेको आसपासमा एउटा सेतो भ्यान टियरगार्टेन पार्कमा प्रवेश गरी धेरै मानिसहरूलाई ठक्कर दिँदै एउटा रुखमा ठोक्किएको थियो।

घटनामा परी एक महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। बर्लिनको दमकल सेवाका अनुसार तीन जनाको अवस्था जीवन-मरणको दोसाँधमा रहेको छ, आठ जना गम्भीर रूपमा घाइते भएका छन् र पाँच जना सामान्य घाइते भएका छन्।

संदिग्धसँग हतियार हुनसक्ने र ऊ खतरनाक हुन सक्ने चेतावनी दिँदै आइतबार जारी गरिएको सूचनामा जनतालाई उसको “प्रत्यक्ष सम्पर्कमा” नआउन आग्रह गरिएको छ । बर्लिनस्थित इस्लामिक समूहसँग सम्बन्ध रहेका एक संदिग्धको पहिचान भइसकेको प्रहरीले यसअघि नै बताएको थियो ।

प्रहरी प्रवक्ता फ्लोरियन नाथले भने, “संदिग्ध प्रहरीको सूचीमा पहिले नै रहेको व्यक्ति हो । बर्लिनको इस्लामिक वृत्तका सदस्यका रूपमा हामीलाई उसको बारेमा थाहा छ र हामी यो व्यक्तिको खोजी तीव्र गतिमा गरिरहेका छौँ ।” घटनाको उद्देश्यबारे हालसम्म कुनै जानकारी नभएको उनले बताएका छन् ।

संदिग्धको खोजीका लागि प्रहरीले सहरभरि अभियान सञ्चालन गरेको छ। आइतबार बिहान बर्लिनको शोनेबर्ग जिल्लाको एक अपार्टमेन्टमा पनि खानतलासी गरिएको थियो, तर त्यहाँ कोही पनि फेला नपरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ३ : ३२ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु