रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो « Khabarhub

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । 

शनिबार दिउँसो सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमार्गमा गाई बाख्रा चराउन गएको बेला पहिरोमा पुरिएर बेपत्ता भएका सुनछहरी गाउँपालिका–१ का ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगरको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

उनीहरूको शव परीक्षणका लागि रोल्पा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही पहिरोमा परी घाइते भएका ६० वर्षीय कुले घर्तीमगरको स्थानीय सेरम स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ४ : ०६ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत