पुरुष एनभीएलको अक्सन सम्पन्न « Khabarhub

पुरुष एनभीएलको अक्सन सम्पन्न


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पुरुष भलिबल फ्रेन्चाइज लिग, नेपाल भलिबल लिग (एनभीएल) को अक्सन कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार काठमाडौमा आयोजना गरिएको अक्सनका क्रममा राष्ट्रिय तथा प्रादेशिक स्तरका ’ए’, ’बी’ र ’सी’ क्याटेगरीका खेलाडीहरूमाथि ६ वटै टिमले उत्साहजनक रूपमा बोली लगाएका थिए । 

कार्यक्रममा बोल्दै नेपाल भलिबल सङ्घका अध्यक्ष जितबहादुर चन्दले नेपालमा भलिबलको क्रेज र लोकप्रियता तीव्र रूपमा बढिरहेको बताए । 

उनले पछिल्लो समय महिला तथा पुरुष भलिबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको सफलताले नेपाल दक्षिण एसियामै भारतपछिको बलियो टोलीका रूपमा स्थापित भएको दाबी गरे । 

अध्यक्ष चन्दले भलिबललाई थप व्यावसायिक बनाउन र खेलाडीहरूको भविष्य सुरक्षित गर्न यस्ता फ्रेन्चाइज लिगहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

यस पटकको नेपाल भलिबल लिगमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवाराज र खप्तड फाल्कन्स गरी ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । 

नेपाली भलिबलको इतिहासमा पहिलो पटक फ्रेन्चाइज मोडलमा आयोजना हुन लागेको यस लिगले खेलाडीलाई नयाँ अवसर र नेपाली भलिबलको व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। 

एनभीलको पहिलो संस्करण भदौ १२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने तय छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : १० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया