पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह « Khabarhub

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा गएको पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन् ।
 
आङ्देम्बेले पहिरोका कारण तीन परिवार पूर्ण रूपमा विस्थापित भएका र ३५ परिवारका १६८ जना नागरिक उच्च जोखिममा रहेकाप्रति चिन्ता व्यक्त गरेका हुन् । 

सङ्घ, प्रदेश र स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा सबै सुरक्षा निकायलाई तत्काल प्रभावित क्षेत्रमा परिचालित हुन र आपसी सहकार्य र समन्वयबाट उद्धार, राहत र पुनः स्थापनामा लाग्न उनले आज विज्ञप्ति जारी गरी अनुरोध गरेका हुन् ।

‘प्रभावित नागरिकको जीवनरक्षा, तत्काल उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा विस्थापितको उचित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा काम गर्न सम्बन्धित सबै निकायलाई हार्दिक अनुरोध गर्दछु’, आङ्देम्बेले विज्ञप्तिमार्फत भने ।

जिल्लास्थित राजनीतिक दल, स्वयंसेवी संस्था र सामाजिक सङ्घसंस्थालाई पनि प्रभावित क्षेत्रमा सक्रिय रूपमा खटिन उनले आग्रह गरे । 

‘जिल्लास्थित सम्पूर्ण राजनीतिक दल र स्वयंसेवी संस्थाका प्रतिनिधिलाई प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालित भई राहत, उद्धार, खाद्यान्न, अस्थायी आवास तथा अन्य आवश्यक मानवीय सहयोग उपलब्ध गराउन हार्दिक अनुरोध गर्दछु’, उनले भने ।

निरन्तर वर्षासँगै थप पहिरोको जोखिम कायम रहेकाले उच्च जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्नेमा नेता आङ्देम्बेको जोड छ । 

राहत सामग्रीको अभाव हुन नदिन र विस्थापितको दीर्घकालीन पुनर्स्थापनाको योजना शीघ्र अघि बढाउन पनि उनले सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : ३३ बजे

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार