एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान « Khabarhub

एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्ने आव्हान गरेका छन् ।

‘पार्टीको रूपान्तरणमा पूर्व अखिलको भूमिका’ विषयक आज काठमाडौँमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेतृत्वले हस्तान्तरण र सम्मानजनक बिदाइका साथै पार्टीको साङ्गठनिक स्वरुप र शैलीमा पनि परिवर्तन गर्न आग्रह गरेका हुन् । 

उनीहरूले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले भोगेको पराजयमा बाह्य कारणका साथै आन्तरिक कारण पनि प्रमुख रहेको जिकिर गरेका थिए । 

वक्ताहरूले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको जति कमजोरी छ, त्यति नै कमजोरी अरु पदाधिकारीको रहेको तर्क प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू एवं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष तथा पूर्वनेताहरू ठाकुर गैरे, माधव ढुङ्गेल, रमेश पौडेल, नरोश रोकाया, नवीना लामा, डा सुजन कडरिया, रचना खड्का, मोति विक, उषाकिरण तिम्सिना, मेनका पछाइँ, तत्तबहादुर शाहीलगायतले पार्टीमा रूपान्तरणको माग गरेका छन् ।
         
एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनःगठनका लागि गठित कार्यदल अहिले प्रतिवेदन लेखनको क्रममा रहेको छ । 

गत जेठ १० गते सम्पन्न एमालेको सचिवालयको आठौँ बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : २८ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड