साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै « Khabarhub

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
 
उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डिडिसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो । 

काठमाडौँको बूढानीलकण्ठ, बनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वरलगायत क्षेत्रमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले जानकारी दिए ।
 
यसैबीच, डिडिसीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा आजदेखि नयाँ सजावटसहितको ‘आउटलेट’ सञ्चालनमा ल्याएको छ । उक्त आउटलेटको महाप्रबन्धक पाण्डेले उद्घाटन गरे । 

आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादन सहजै प्राप्त गर्न सक्नेछन् ।

डिडिसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको छ । डिडिसीले साधारण र गाईको दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी, फ्रेस दूधलगायत दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ । निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख सहरमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको महाप्रबन्धक पाण्डेको भनाइ छ ।
 
अब डिडिसीका उत्पादन अनलाइनमा

डिडिसीले आफ्ना उत्पादनलाई अनलाइन माध्यमबाट पनि बिक्रीवितरण गर्ने योजना अघि सारेको छ । केही दिनभित्र अनलाइन मार्केटिङ सुरु हुने महाप्रबन्धक पाण्डेले जानकारी दिए ।
 
‘हामी अनलाइन डिजिटल मार्केटिङमा जाँदैछौँ, ‘सब्सक्रिप्सन’ गरेका भरमा अनलाइनबाट डिडिसीका उत्पादन पाउन सकिन्छ, यो सेवा दुई/चार दिनमा सुरु हुन्छ’, उनले भने, ‘सहज ढङ्गबाट डिडिसीको उत्पादन उपभोक्ताको घरमै पुर्याउने उद्देश्यका साथ काम भइरहेको छ ।’ रासस
 

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : २० बजे

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्